Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय विदेश सचिव निरुपमा रावले भेटवार्तामा ब्यस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 18 January 2011 22:57

काठमाडौं- नेपाल भ्रमणमा रहेकी भारतीय विदेश सचिव निरुपमा रावले भेटवार्ता तीव्र पारेकी छन् ।

माघ ४ गते काठमाडौं आईपुगेकी रावले राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरिन् ।

प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि विदेश सचिव रावले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेकी छन् । भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, भारतीय सहयोगमा नेपालमा सचालन हुन लागेका विभिन्न आयोजना तथा नेपालको शान्तिप्रकि्रया र संविधान लेखनमा भएको प्रगतिका सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्री नेपालले भारतले सहयोग गर्ने आयोजनाहरु अगाडि बढाउने सन्दर्भमा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या अन्त्य गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिने बताउँदै त्यस सन्दर्भमा भारतले पनि आफ्नातर्फबाट काम अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए ।

विदेश सचिव रावले नेपालमा रहेको राष्ट्र सङ्घीय राजनीतिक मिसन 'अनमिन' को फिर्तीपछि नेपालको शान्तिप्रकि्रया र राजनीतिक अवस्थाका सम्बन्धमा जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बताए पनि रावको भ्रमणले मुलुकको राजनीतिक समिकरण फेरबदल हुने बताइन्छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?