Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय विदेश सचिवको चुरिफुरी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 19 January 2011 14:01

काठमाडौं- तीन दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश सचिव निरुपमा रावले भमणको दोश्रो दिनलाई राजनीतिक भेटघाटमा केन्द्रित गरेकी छन् ।

आज उनले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधब नेपाल, प्रमुख बिपक्षी दलका नेताहरुसँग भेटघाट र राजनीतिक विषयमा कुराकानी गरेकी छन् भने मधेशवादी राजनीतिक दलका नेताहरुलाई छुट्टै दिवाभोजसमेत दिएकी छन् । उनको भ्रमण नेपाल-भारत सम्बन्ध, आर्थिक मामिला आदिका बिषयमा केन्द्रित हुने भनिएपनि भ्रमणका उद्धेश्य भने राजनीतिक नै रहेछ भन्ने कुरा उनले बिहीबार गरेको भेटघाटले देखाएको छ ।

उनको भेटघाटप्रति परराष्ट्र मन्त्रालयका अधिकारीहरुले असन्तुष्टि जनाएका छन् । नेपालका उच्च नेताहरु भारत जाँदा कांग्रेस आई अध्यक्ष सोनिया गान्धीलाईसमेत भेट्न नपाउने भएपनि भारतीय सचिव नेपाल आउँदा उनले राष्ट्रपति र प्रमलाई सहजै भेट पाएकोप्रति उनीहरुले असन्तुष्टि जनाएका हुन् । 'विदेश  सचिव रावले हिजो नै नेपालका परराष्ट्र सचिवसँग भेट गरेकी हुन् यस हिसावले उनको भेटघाट यत्तिमै सीमित हुनुपर्थ्यो' मन्त्रालयका एक उच्च अधिकारीले भने- 'तर, उनले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु भॆट्दै हिँड्नुले भ्रमण दुई देशबीचको सम्बन्ध सुधार गर्नुभन्दा राजनीतिक उद्धेश्यकालागि आएको देखिन्छ ।'

श्रोतकाअनुसार, राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताआदिलाई छुट्टाछुट्टै भेट गरेकी सचिव रावले भारतसँग निकट मानिएका मधेशवादी राजनीतिक दलका नेताहरुलाई चाहिँ बुधबार छुट्टै दिवाभोज दिएकी छन् । आजको दिवाभोजमापनि उनले माओवादी वा एमालेको संस्थापन पक्षको नेतृत्वमा सरकार बन्न नदिने  परिस्थिति सिर्जना हुन नदिन मधेशवादी दलका नेताहरुलाई सुझाव दिएको बताइएको छ । नेपालमा सरकार निर्माण हुने बेला आएकी सचिव रावको भ्रमणको असर नेपालको राजनीतिमा फेरिपनि देखिने भएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?