Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल हेर्ने भारतीय कुटनीतिज्ञ सुटुक्क नेपालमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 05 July 2011 11:16

काठमाडौं- नेपालकालागि नयाँ राजदूतका रुपमा जयन्त प्रसाद नियुक्त भएपछि राकेश सुद राष्ट्र प्रमुख, प्रधानमन्त्री लगायतसँग विदावारी भएर जाँदै गर्दा नेपाल हेर्ने अर्का भारतीय कुटनीतिज्ञ टुक्क नेपाल आएर विदावादी भएर नयाँ दिल्ली फर्किएका छन् ।

भारतीय परराष्ट्र मन्त्रालयमा नर्थडेस्क नेपाल तथा भूटान हेर्ने सहसचिव सतिष मेहता यसरी सुटुक्क नेपाल आएर नेपाली राजनीतिक दलका नेताहरु परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग विदावारी भएर फर्केका हुन् । श्रोतकाअनुसार विहीबार नेपाल आएका उनी शुक्रबार नेपाली अधिकारीहरुसँग भेटघाट गरी नयाँदिल्ली लागेका थिए ।

बिगत २-३ बर्षदेखि साउथ ब्लकमा नेपाल डेस्क प्रमुख रहेका मेहतालाई भारत सरकारले हालसालै कुवेतकालागि भारतको राजदूतको रुपमा नियुक्त गरेको छ । भारतीय विदेश सचिव निरुपमा रावसँगै भारत सरकारले मेहतालाई कुवेतकालागि राजदूत नियुक्त गरेको हो । रावचाहिँ अमेरिकाकालागि राजदूत नियुक्त भएकी छन् ।

उनी नेपाल तथा भारतका रेल्वे अधिकारीहरुको बैठकमा नेपाल आएको श्रोतको भनाई छ । रेल्वे अधिकारीहरुको बैठकमा भाग लिन नेपाल आएपनि उनको नेपाल आगमनलाई चाहिँ गोप्य नै राखियो । त्यसै मौकामा उनले विभिन्न राजनीतिक दलका नेताहरुसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटी आफू विदावारी हुन आएको जानकारी गराएका थिए ।

साउथ ब्लकमा नेपाल डेस्क प्रमुख भएकाले मेहतासँग भारत जाने सबैजसो राजनीतिक दलका नेताहरुसँग निकटको सम्बन्ध छ । भारत गुहार्न जाने नेपाली नेताहरुलाई कुन उच्च भारतीय नेताहरुसँग भेट गराउने नगराउने भन्ने निर्णय उनैले गर्ने गरेका थिए । माथिल्ला नेताहरुलाई भेट्न नसक्ने नेपाली नेताहरु नयाँ दिल्ली जाँदा उनैलाई भेटेर फर्कने गरेका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?