Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दार्जिलिङ्गे नेता सुभाश घिसिङबाट हाम्रा नेताले पाठ सिक्लान्? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 01 January 2011 18:40

Exclusive: काठमाडौँ- जनभावनाअनुसार चल्न नसक्दा जनताको नजरमा नायक बनेका नेताहरु कति चाँडै रसातलमा पुग्दा रहेछन् भन्ने कुराको दार्जिलिङ्गका गोर्खे नेता सुवाष घिसिङ्ग बनेका छन् । १२ बर्षअघि तत्कालिन 'लाफा' र हाल 'यूएस नेपाल अनलाइन' का सम्पादक प्रदीप थापा मगर र पंक्तिकार दार्जिलिङ्ग पुग्दा घिसिङ्गको स्थिति यस्तो थिएन ।


 

सुवाष घिसिङ्ग १२ बर्षअघि दार्जिलिङ्गको लालकोठीस्थित आफ्नो निवासका कार्यकक्षमा । Subhas Ghising in Darjeeling. Photo: eEyeCam.com

एक समय दार्जिलिङ्गमा सत्तामा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष घिसिङ्गलाई दार्जिलिङ्गमा गोर्खाल्याण्डकालागि संघर्षरत गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले दार्जिलिङ्गलगायतको पहाडी क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यसअघि घिसिङ्गले नेतृत्व गरेको गोरामुमोले दार्जिलिङ्ग गोर्खा पार्वत्य परिषदका सबै तीन चुनावमा बिजय हासिल गरेको थियो ।

तर घिसिङ्गले गोर्खाल्याण्ड आन्दोलन प्राप्तिको आन्दोलन त्यागेपछि उनी दार्जिलिङ्गमा बहिस्कृत बनेका छन् । उनको दल गोरामुमोको अहिले दार्जिलिङ्गमा अस्तित्वसमेत भेटिन्न । उनलाई दार्जिलिङ्ग आउन रोक लगाइएपछि पश्चिम बंगालको जलपाइगुडीमा निर्वासित जीवन बिताउँदैछन् । गोर्खाल्याण्डकालागि संघर्षलाई उत्कर्षमा पुर्याएको गोजमुमो नेता इशामणि पाख्रिन भन्छन्- 'गोर्खाल्याण्डप्रति घिसिङ्गले जुन गद्दारी गरेका छन् यसको प्रायश्चित नगरेसम्म उनलाई दार्जिलिङ्गे जनताले यो शहरमा छिर्न नदिने प्रण गरेका छन् ।'

गोर्खाल्याण्डकालागि सन् १९८६-८८ को आन्दोलनको क्रममा उनी यति धेरै लोकप्रिय भएका थिए कि सो आन्दोलनको 'उपलब्धि' को रुपमा दार्जिलिङ्ग गोर्खा पार्वत्य परिषद्को चुनावमा उनी नेतृत्वको 'गोरामुमो' लगातार तीन पटक विजय हासिल गर्दै आएको थियो । कतिसम्म भने, उनलाई देख्नासाथ दार्जिलिङ्गका सडक खालि हुन्थे, मानिसहरु श्रद्धाले झुक्थे । पार्वत्य परिषदमा सम्झौता गर्नु परेपनि घिसिङ्ग नेतृत्वमा फेरि गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन हुनेछ र गोर्खाल्याण्ड पाएरै छाडिनेछ भन्ने विश्वास दार्जिलिङ्गेहरुमा थियो ।

तर घिसिङ्गले बाटो बिराए । उनी गोर्खाल्याण्ड पार्वत्य परिषद र त्यसबापत बंगाल सरकारले दिने असिमित बजेटको दुरुपयोगमै रमाउन थाले । त्यतिमात्र होइन सन् २००५ मा दार्जिलिङ्गलाई सम्बिधानको छैटौं अनुसूचिमा सामेल गर्ने विल ल्याउन लगाएर पार्वत्य परिषदलाई बंगाल सरकारको कुनै संस्थान सरहको तहमा राख्न उनी तम्सिए जवकि उनीहरुले दार्जिलिङ्गलाई यो हैसियत होइन भारतका अन्य छुट्टै राज्यको हैसियत खोजका थिए, जहाँ गोर्खालीहरुको अधिकार र पहिचानको रक्षा हुनेछ ।

तर घिसिङ्गले बाटो बिराएपछि त्यसलाई दार्जिलिङ्गेहरुले गद्धारी ठाने । त्यसैले, ४ बर्षअघि उनीप्रतिको आक्रोस विस्फोट भयो । 'गोरामुमो' बाट बिद्रोह गरी बनेको 'गोजमुमो' ले छैटौं अनुसूचिलाई खारेज गर्नुपर्ने मागमात्र गरेन, कोलकाता पुगेका घिसिङ्गलाई सुरक्षित रुपले दार्जिलिङ्ग आउनसमेत समस्या उत्पन्न भयो । त्यसअघि सन् २००१ मा पार्वत्य परिषदमा सम्झौता गरेकोमा असन्तुष्ट गोर्खे नेता छत्रे सुब्बाले घिसिङ्गलाई उनको कार्यालयमै आक्रमण गरी सख्त घाइते तुल्याएर दार्जिलिङ्गे जनताको असन्तुष्टिको संकेत प्रदर्शन गरिसकेका थिए ।

कोलकाता झरेका घिसिङ्ग दार्जिलिङ्गमा प्रवेश गर्न नसक्ने भएपछि त्यसपछि बंगाल सरकारले उनलाई 'पार्वत्य परिषद' को प्रमुखबाट राजिनामा दिन सुझाव दियो । राजिनामा दिएपछि सामान्य नागरिकको रुपमा उनी दार्जिलिङ्ग आउन चाहे । तर दार्जिलिङ्गको आन्दोलित वातावरणमा उनी त्यहाँ रहन सम्भव भएन । र फेरि झरे कोलकातातिर । गोजमुमो नेता नारायण प्रधानकाअनुसार केही बर्षअघि श्रीमतिको निधनका कारण विधुर बनेका ७२ बर्षीय घिसिङ्ग आजकल पश्चिम बंगालको जलपाइगुडीमा छोराकासाथ "लो प्रोफाइल" मा बसेका छन् ।

लामो संघर्षबाट आएको नेताले सत्तामा पुगेपछि जनभावनालाई लत्याउँदा कस्तो स्थिति भोग्नु पर्दो रहेछ भन्ने कुराको एउटा शिक्षाप्रद उदाहरण बनेका छन्, घिसिङ्ग । उनी कुनै समय दार्जिलिङ्गका नेपाली (गोर्खा) हरुको हक अधिकारको 'मसिहा' बनेका थिए । तर उनी अहिले निर्वासन सरहको स्थितिमा छन् । उनको अहिलेको स्थितिप्रति कुनैपनि दार्जिलिङ्गेले सहानभूतिसमेत प्रकट गर्दैनन्, पहिलेजस्तो सम्मान प्रकट गर्नु त परै जाओस् । के नेपाली नेताहरुले घिसिङ्गको अहिलेको स्थितिबाट पाठ सिक्ने प्रयत्न गर्लान् ?

-Sitaram Baral in Kathmandu

(Note: दार्जिलिङ्गको गोर्खाल्याण्ड आन्दोलनसम्बन्धी विस्तृत सामाग्रीकालागि युएस नेपाल अनलाइनको आगामी प्रस्तुती प्रतिक्षा गर्नुहोस् ।)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?