Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'के-के गर्नुपर्ने हो, त्यो हामीले तपाईंहरुले भनेअनुसार गर्दै आएका छौँ, अब पनि के गर्नुपर्ने हो भन्नुस्, हामी गर्छौं'- तराई-मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 28 January 2011 16:59

काठमाडौं- नेपालको राजनीतिक अवस्थाबारे जिज्ञासा राखेकी भारतीय विदेशसचिव निरुपमा रावलाई एकजना वरिष्ठ मधेसी नेताले आफूहरुले 'अब के गर्नुपर्ने हो त्यसबारे गुरुमन्त्र'  दिन अनुरोध गरेका छन् ।

तीनदिने काठमाडौं बसाइका क्रममा रावले पुस ५ गते मधेसी दलका नेताका लागि आयोजना गरेको दिवाभोजमा तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भारतले' जे भन्छ त्यो आफूहरुले मान्दै आएकाले आगामी दिनमा के गर्नुपर्ने हो त्यसबारे बताइदिन' आग्रह गरेका थिए ।

स्रोतका अनुसार, अघिल्लो हप्ता नेपाल आएकी भारतीय विदेश सचिव रावले नेपालको आगामी राजनीतिक अवस्थाबारे सामान्य जिज्ञासा मात्र राखेकी थिइन् । नेपालको मधेसबारे भारत निकै सकारात्मक र संवेदनशील रहेको जानकारी उनले दिएकी थिइन् । 'त्यसै भएर हामीले मधेसमा १५ सय करोड रुपैयाँको लागतमा विभिन्न योजना साचालन गरसकेका छौ' रावको भनाइ थियो- 'आगामी दिनमा पनि तपाईंहरुले दिनुभएको सुझावअनुसार मधेस र मधेसी जनताका लागि के गर्नुपर्ने हो त्यो गर्नेछौ ।'

त्यसपछि ठाकुरले लामो र पट्यारलाग्दो भाषण सुरु गरे । सेना प्रहरी कर्मचारीतन्त्र आदिमा रहेको मधेसी सहभागिताको प्रतिशत उल्लेख गर्दै राज्यसत्ताले साँच्चिकै मधेसीलाई उत्पीडित गरेको दाबी उनले गरेका थिए ।

राजनीतिक अवस्थाबारेचाहिँ उनले धेरै बताएनन् । 'के-के गर्नुपर्ने हो, त्यो हामीले तपाईंहरुले भनेअनुसार गर्दै आएका छौँ ' भारतको खुल्ला दलाली गर्दै सो दिवाभोजमा उनले  भारतीय विदेशसचिव रावलाई समेत अप्ठ्यारो लाग्नेगरी भने- 'अब पनि के गर्नुपर्ने हो भन्नुस्, हामी गर्छौं ।'

सो दिवाभोजमा तमलोपाबाट अध्यक्ष ठाकुरका अलावा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र सभासद् अनिलकुमार झा, फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देव र नेपाल सद्भावना (आनन्दीदेवी) को एक समूहका अध्यक्ष श्यामसुन्दर गुप्ता निम्त्याइएका थिए । सद्भावना अध्यक्ष महतो र तमलोपा उपाध्यक्ष त्रिपाठीले भारतको चाहनाबमोजिमै आफूहरु पनि गैरमाओवादी नेतृत्वको सरकारको पक्षमा रहेको, गैरमाओवादी सरकारको विकल्प कांग्रेस नेतृत्वको सरकार हुनसक्ने तर कांग्रेसले मधेसी एजेन्डालाई स्वीकार नगरेकाले अप्ठ्यारो परेको गुनासो गरेका थिए ।

फोरम सहअध्यक्ष गुप्ताले चाहिँ भारतलाई नेपालको शान्ति प्रकृया र गतिरोध अन्त्यकालागि अवरोध सिर्जना गर्नुको साटो सहयोगी भूमिका खेल्न आग्रह गरेका थिए । 'यतिबेला नेपालले भारतबाट आर्थिक सहयोगको होइन शान्ति प्रकृयामा सकरात्मक सहयोगको अपेक्षा गरेको छ' गुप्ताको भनाई थियो- 'शान्ति प्रकृयाको सफलता र संविधान निर्माण हो, किनकि संविधान बन्यो भने मात्र मधेसी र नेपाली जनताले संघीयता पाउँछन्, त्यसैले भारतको भूमिका विकास निर्माणमा भन्दा संविधान निर्माण र शान्ति प्रकृया सफल पार्न सहयोगी खालको हुनुपर्छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?