Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल र भारतका सांसदहरु सम्मिलित युवा सांसद मन्च गठन हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 November 2010 11:59

काठमाडौं- नेपाल र भारतका सांसदहरु सम्मिलित युवा सांसद मन्च गठन हुने भएको छ ।



दुई देशका सांसदहरुबीच अनुभव आदान प्रदान तथा युवा सांसद मन्च गठनकालागि नेपालका युवा सांसदहरु विहीबार भारततर्फ लागेका छन् । पछिल्लो समयमा भारतसँग सम्बन्ध बिग्रेपनि भारत भ्रमणको टोलीमा एकिकृत माओवादीका दुई जना सभासदहरुसमेत सहभागी भएका छन् ।

भारत जान लागेको टोलीमा एमाओवादीका दुई सभासदहरु हरि श्रीपाली र पुरन राना थारु, नेपाली कांग्रेसका नबिन्द्रराज जोशी, सीता गुरुङ्ग, गगन थापा र महेन्द्र यादव, एमालेका नारदमुनि रानाथारु, नेकपा (संयुक्त) का सुनिलबाबु पन्त, राप्रपा नेपालकी कुन्ती शाही, मधेशी जनअधिकार फोरमका राजकिशोर यादव र फोरम (लोकतान्त्रिक) का प्रमोद गुप्ता छन् ।

भारतीय दूतावासले विज्ञप्ती जारी गरी जनाएअनुसार, युवा सांसद अनुभव आदान प्रदान तथा युवा सांसद मन्च गठनकालागि उनीहरु भारतको भ्रमणमा गएका हुन् । यो टोलीले भारतीय लोकसभाका सभामुख, अर्थमन्त्री बिपक्षी दलका नेता, विदेश सचिवलगायतको टोलीसँग भेटघाट र छलफल गर्नेछ । उनीहरुका साथमा भारतीय संसदका युवा सदस्यहरु हुनेछन् ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?