Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ भारतीय राजदूत शतर्क PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 August 2011 13:13

काठमाडौ- अघिल्लो हप्ता बिदा भएका नेपालकालागि भारतका निवर्तमान राजदूत राकेश सुद साढे तीन बर्षअघि कार्यभार सम्हाल्न नेपाल आउँदा ओहोदाको प्रमाण पत्र पनि पेश नगर्दै प्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताहरुलाई भेटेको भनेर विवादमा तानिएक थिए तर त्यत्तिकै बस्न नसक्ने केही न केही गर्नै पर्ने स्वभावका सुदको जस्तै विवादमा नयाँ राजदूत जयन्त प्रसाद भने नपर्ने भएका छन् ।

नेपाल आएको करिव एक हप्तापछि मात्र सुदले ओहोदाको प्रमाण पत्र पेश गर्न पाएका थिए । तर कार्यभार सम्हाल्न भोलि विहीबार नेपाल आएको भोलिपल्टै शुक्रबार नयाँ राजदूत जयन्तले राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्न पाउने भएका छन् । आएको भोलिपल्टै ओहोदाको प्रमाणपत्र पेश गर्न पाएपछि उनले भारतको सबैभन्दा धेरै सुरक्षा चासो रहेको नपालमा राजनीतिक भेटघाट गर्दा सुदले जस्तो विवादको सामना गर्नुपर्ने छैन ।

जानकारीअनुसार, जयन्त प्रसाद कार्यभार सम्हाल्न विहीबार आउने भएपछि नेपाल हेर्ने नयाँदिल्लीमा रहेका अन्य तीन देशका राजदूतहरुलाई पनि ओहोदाको प्रमाण पत्र उही दिन पेश गर्ने कार्यक्रम मिलाइएको छ । शुक्रबार ओहोदाको प्रमाण पत्र बुझाउने गैरआवासीय राजदूतहरुमा पोर्चुगलका जर्ज रोजाव्योलगेरा, टर्कीका बर्क अकापार र बोस्निया हर्ज गोविनाका सीड एविना छन् ।

भारतले नेपालमा नियुक्त गरेका पछिल्ला तीनै राजदूतहरु सुरक्षा मामिलासँग सम्बन्धित रहेको श्रोतले बतायो । सुद अघिका देव मुखर्जीलाई पनि सुरक्षा मामिला जानकार राजदूतको रुपमा लिइन्थ्यो भने सुद त अझ न्युक्लियर मामिलाका जानकार थिए । नयाँ राजदूत जयन्तपनि रक्षा मामिला सम्बन्धी जानकार हुन् । सुरक्षा मामिलाका जानकार तीन कुटनीतिक अधिकारीहरुलाई भारतले लगातार नेपालकालागि राजदूत बनाएपछि नेपालमा भारतको सुरक्षा चासो कति रहेछ भन्ने अरु प्रष्ट भएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?