Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादी चियापानमा प्रधानमन्त्री नेपाल र भारतीय राजदूत सूद अनुपस्थित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 11 November 2010 21:47

काठमाडौँ- एनेकपा माओवादीले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम काम चलाउ प्रधानमन्त्री तथा नेपालकालागि भारतीय राजदुतले बहिस्कार गरेका छन् ।

संविधान सभाको सबैभन्दा ठूलो दल माओवादीले कार्तिक २५ गते राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा उनीहरु दुबै अनुपस्थित रहे ।
काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपाल कुनै कार्यव्यस्ताले गर्दा माओवादीको चियापानमा अनुपस्थित भएका होइनन् । माओवादीको चियापानस्थलभन्दा ५० मिटरको दुरीमा पर्ने राष्ट्रिय सभागृहमा भाषण दिन पुगेका काम चलाउ प्रधानमन्त्री नेपाल सिधै निवासमा फर्केका थिए । भृकुटी मण्डपमा चियापान भईरहँदा उनी किरात धर्म गुरु फाल्गुनन्द लिङदेनको कार्यक्रममा सहभागी थिए । त्यहि कार्यक्रममा शीर्ष नेताहरुवीचको वार्ता सकारात्मक भईरहेको दाबी गरेका प्रधानमन्त्री नेपाल भने माओवादीको चियापानमा नगई फर्केका थिए ।

यसअघि नेकपा एमालेले आयोजना गरेको चियापानमा भने माओवादी उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी थिए । त्यति बेला माओवादी अध्यक्ष भने विदेश भ्रमणमा थिए ।

कामचलाउ प्रधानमन्त्री नेपालले वहिस्कार गरेको माओवादी चियापानमा भारतीय राजदुत राकेश सुद पनि सहभागी भएनन् । गत जेठ २० गते सोलुखुम्बुमा माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेकाले उनी चियापानमा सहभागी नभएको अनुमान गरिएको छ । अन्य देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु भने चियापानमा सहभागी थिए ।

काँग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायत अन्य विभिन्न दलका नेताहरु भने चियापान कार्यक्रममा गएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?