Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माकुने सरकारका प्रसंसनीय निर्णयहरु: भारतीय गोर्खा सैनिक विष्णुप्रसाद श्रेष्ठलाई विशेष सम्मान गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 13 January 2011 16:12

'अनमिन' को बहिर्गमनपछि लडाकू तथा हतियारको अनुगमन र रेखदेखको जिम्मा सेना समायोजन विशेष समितिलाई दिने निर्णय
काठमाडौं- मन्त्रि परिषद्को बैठकले संयुक्त राष्ट्र सङ्घीय राजनीतिक मिसन 'अनमिन' को बहिर्गमनपछि लडाकू तथा हतियारको अनुगमन र रेखदेखको जिम्मा सेना समायोजन विशेष समितिलाई दिने निर्णय गरेको छ भने वैठकले जापानको हिरोशिमा र नागासाकीका मेयरलाई ५० हजार अमेरिकी डलरको गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार संयुक्तरुपमा दिने निर्णय गरेको कामचलाउ उद्योग मन्त्री महेन्द्र राय यादवले युएस नेपाल अनलाइनलाई जानकारी दिएका छन् ।



सिँहदरबारमा पुस २९ गते बसेको मन्त्रि परिषद्को बैठकले अनमिनको अनुपस्थितिमा हतियार र लडाकूको अनुगमन तथा रेखदेख विशेष समितिले गर्ने प्रचण्ड संयोजक हुँदाको विशेष समितिको निर्णयलाई निरन्तरता दिएको हो । ९ कार्तिक २०६५ मा बसेको वैठकको निर्णय नम्बर ५ मा यस्तो व्यवस्था थियो ।

Ayo Gorkhali ! Naik (7/6 GR) Bishnu Shrestha. Photo courtesy: Avenues TV

यसैगरी, रेलमा चढेर आफ्नो घर फर्कनेक्रममा भारतको पश्चिम बङ्गालमा दर्जनौ डाँकालाई एक्लै परास्त गर्न सफल भारतीय सेनामा कार्यरत पोखरा बैदामका विष्णुप्रसाद श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णयसमेत सरकारले गरेको छ । आफ्नै बाबु आमाको साथमा यात्रारत भारतीय युवतीलाई बलात्कार डाँका समूहको बलात्कारबाट श्रेष्ठ एक्लैले बचाएका थिए । युवतीको सुरक्षाकालागि संघर्ष गर्दा उनले ३ जनालाई मुला काटे जसरी काटेपछि बाँकी डाँकाहरु भागेका थिए । श्रेष्ठलाई भारतीय सरकारले रु. ५० हजार राशीको पुरस्कार मात्रै होइन पेन्सन आईसकेर पनि पुन पल्टनमा जागीर दिएर राखेको छ ।

वैठकले पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भका अवसरमा पुस १० गते देशभरका शैक्षिक संस्थालाई सार्वजनिक विदा दिने निर्णय गर्दै बैठकले देशव्यापीरुपमा भव्यताकासाथ पर्यटन वर्ष मनाउन लागिएकाले सकि्रय सहभागिताकालागि सबैसँग आह्वान गरेको छ  । यादवकाअनुसार अन्तर्राष्ट्रियस्तरमा नेपालाई चिनाउन महत्वपूर्ण योगदान पुर्याएबापत राष्ट्र सङ्घका पूर्व महासचिव ऊ थान्तलाई मरणोपरान्त सम्मान गर्ने निर्णय गर्यो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?