Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय विदेशमन्त्री कृष्णा र प्रचण्डबीच भेटवार्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 22 April 2011 17:18

काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा आएमा भारतीय विदेशमन्त्री एसएम कृष्णाले स्वदेश फर्कनुअघि आज एकिकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता र कुराकानी गरेका छन् ।

 



बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बिहान प्रचण्ड र कृष्णाबीच कुराकानी भएको थियो । कुराकानी एक घण्टा लामो थियो ।

प्रचण्ड निवासमा कृष्णा नजाने र कृष्णा निवासमा प्रचण्ड नजाने स्थितिका कारण भेटका लागि सो होटलको चयन गरिएको श्रोतले बताएको छ । कृष्णासँग अन्य नेताहरुले कृष्णा बस्दै आएको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा भेटघाट र कुराकानी गरेका थिए । एमाओवादी र भारतबीच चिसिएको सम्बन्ध अझै सुधि्रन नसकेको बेला दुई नेताबीच भेट भएको हो ।

श्रोतकाअनुसार, विदेशमन्त्री कृष्णाले प्रचण्डसँगको भेटमा माओवादीले भारत विरोधी आन्दोलन गरेकोमा असन्तुष्टि जनाएका थिए । यसैगरी, भारतीय राजदूत राकेश सुदमाथि माओवादी कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै उनले आक्रोस पोखेका थिए । प्रचण्डले चाहिँ भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा असन्तुष्टि जनँएका थिए ।

'कृष्णाले एमाओवादी भारत विरोधी गतिविधिमा लागेको आरोप लगाउनु भयो' भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने- 'मैले उहाँलाई माओवादी कहिल्यै भारत विरोधी नभएको स्पष्ट पारें साथै नेपाली जनता नेपालको आन्तरिक राजनीतिमा हुने भारतीय हस्तक्षेका विपक्षमा रहेकाले त्यसको विरोध गरेको बताएँ ।'

नेपालमा भारत विरोधी सेन्टिमेन्ट बढ्दै गएकोतर्फ प्रचण्डले कृष्णालाई सचेत गराएका थिए । 'भारतले नेपालमाथि गरेको व्यवहारका कारण यस्तो भएको हो' उनको भनाई थियो- 'नेपालमा भारतविरोधी भावना बढ्न नदिन भारतको नेपालप्रतिको व्यवहार राम्रो हुनुपर्छ, भारतले नेपालप्रति गर्ने व्यवहार असल छिमेकीलाई गर्ने खालको हुनुपर्छ ।'

आफू सरकारबाट बाहिरिएपछि भारतले नेपालको राजनीतिमा हस्तक्षेप बढाउँदै लगेको बताएका प्रचण्डले एमाओवादीसँगको सम्बन्ध सुधारकालागि भारतले आफ्नो व्यवहार सुधार्नुपर्ने सुझाव दिएका थिए । कृष्णाले चाहिँ भारत विरुद्ध उत्तेजित अभिव्यक्ति नदिन तथा कार्यकर्ता नभड्काउन प्रचण्डसित आग्रह गरेका थिए ।

स्वदेश फर्कने अन्तिम दिन विदेशमन्त्री कृष्णा वीरगाजमा एकीकृत सुरक्षा जाँच चौकी तथा तराई रोडको शिलान्यास गर्न बीरगन्ज पुगेका थिए । सो कार्यक्रम सकिएपछि राजधानी फर्केका उनी बेलुकीपख नयाँ दिल्लीतर्फ लागिसकेका छन् । उनको साथमा विदेशमन्त्री निरुपमा रावलगायत भारतीय विदेश मन्त्रालयमा नेपाल हेर्ने अधिकारीहरु सहभागी थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?