Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ दिल्लीमा राष्ट्रपति डा. यादव राजनीतिक भेटवर्तामा ब्यस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 02 February 2011 18:19

काठमाडौं- भारत भ्रमणको क्रममा सोमबार राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रपति डा. रामबरण यादव राजनीतिक भेटवर्तामा ब्यस्त रहेका छन् । राष्ट्रपति नयाँदिल्लीको मौर्या होटलमा रहेर भारतीय उच्च राजनीतिक व्यक्तित्वहरुसँग भेट गरेका छन् ।

नयाँदिल्लीबाट प्राप्त समाचार अनुसार, बुधबार विहान राष्ट्रपति यादवसँग भारतीय विदेश मन्त्री एसएम कृष्णाले राष्ट्रपति यादवलाई भेट गरेका छन् । उनीहरुबीच नेपाल र भारतबीचको बहुपक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपति सँगै भ्रमण टोलीमा रहेका संस्कृति मन्त्री मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।

सोही क्रममा भारतीय विदॆश मन्त्रीले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्ने विषयमा भईरहेका कामको बारेमा चासो राखेका थिए । विदेशमन्त्री कृष्णाले नेपालमा जारी प्रधानमन्त्रीको निर्वाचन र भावी सरकारको नेतृत्वको विषयमा पनि चासो प्रकट गरेको बताइएको छ ।

नेपाली राष्ट्रपति यादवसँग आजै भारतका उपराष्ट्रपति हमिद अन्सारीले पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति यादव र भारतीय राष्ट्रपति अन्सारी विद्यार्थीकालदेखिकै साथी रहेको बताइएको छ । त्यसैले राष्ट्रपति यादव र भारतीय उपराष्ट्रपतिबीच विगतका सम्झनाका विषयमासमेत लामो कुराकानी भएको थिो ।

जानकारी अनुसार भारतीय उपराष्ट्रपति अन्सारीले राष्ट्रपति डा. यादवको निम्तोमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । उनलेपनि पनि नेपालमा जारी शान्ति प्रकि्रया संविधान लेखन र सरकार गठनको विषयमा चासो राखेका थिए ।

राष्ट्रपति डा. यादवसँग आज अपरान्ह कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री मनमोहन सिँहसँग भेटवार्ता गरेका छन् । लोकसभामा विपक्षी दलकी नेतृ सुषमा स्वराजलेपनि उनलाई भेटेको बताइएको छ । साँझमा चाहिँ भारतीय राष्ट्रपति प्रतिभा पाटिलले राष्ट्रपति यादवलाई रात्रिभोज दिएकी छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?