Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतको रक्सौलमा नेपाली र भारतीय हिन्दू संगठनद्वारा संघर्ष समिति गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 05 January 2011 15:03

काठमाडौँ- एक महिना लामो भारत भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र काठमाडौं फर्केको एक महिनापनि नपुग्दै राजसंस्था स्थापना गर्ने भन्दै भारतको रक्सौलमा नेपाली र भारतीय हिन्दू संगठनले संघर्ष समिति गठन गरेका छन् ।

उग्र हिन्दूवादी विचार बोक्नेहरुका लागि उर्वर मानिएको वीरगन्ज पारिपट्टि रहेको भारतीय भूमि रक्सौलमा नेपालमा राजतन्त्र स्थापनाकालागि संघर्ष समिति गठन गरिएको गोप्य सूचना प्राप्त भएपछि गृहमन्त्रालयसमेत सतर्क भएको छ ।

श्रोतकाअनुसार, गत डिसेम्बर २२ का दिन रक्सौलको नागा रोडमा रहेको कालिन्यास विवाह मण्डपमा नेपाली र भारतीय हिन्दूवादी संगठनको संयुक्त बैठक बसेको थियो । नेपालबाट हिन्दू जागरण महासंघ नेपाल र भारतबाट राष्ट्रिय हिन्दू सेवा दलमा रहेका व्यक्ति सुटुक्क रक्सौलमा भेला भएका थिए । भारतबाट दलका अध्यक्ष प्रदीपकुमार जोशी सहभागी थिए । रक्सौल क्षेत्रमा उक्त संगठनको प्रभाव बलियो नै रहेको मानिन्छ ।

नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापित गर्ने एक मात्र एजेन्डासहित उनीहरुले हिन्दू राष्ट्र संघर्ष समिति बनाएको र त्यसको अध्यक्ष शिव अधिकारी रहेको बताइएको छ । सो समितिमा नामै चर्चामा नभएकाहरु रहेकाले उनीहरुको पहिचानै गाह्रो भएको गृहलाई प्राप्त विवरणमा उल्लेख छ । संघर्ष समितिमा रहेकाहरुमा रामजीवन सिँह, रन्जित साह, जगतनारायण चौधरी, कपिल बाबा, बलभद्रनाथ, शत्रुघ्नप्रसाद सिँह छन् । समितिको प्रवक्ता रन्जित साह तोकिएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?