Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय विदेश सचिव निरुपमा रावले नेपालको तीन दिने भ्रमण गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 10 January 2011 12:54

काठमाडौं- नेपालको राजनीतिक प्रकृया अत्यन्त जटिल मोडमा पुगेका बेला एक उच्च भारतीय अधिकारीले नेपालको भ्रमण गर्ने भएकी छन् ।

राष्ट्र संघीय शान्ति मिसन अनमिनको म्याद सकिएलगत्तै भारतीय विदेश सचिव निरुपमा रावले नेपालको तीन दिने भ्रमण गर्न लागेकी हुन् । अनमिनलाई फिर्ता पठाएपछि नेपालको शान्ति प्रकृयाको नेतृत्व भारतले आफ्नो हातमा लिन खोजेको छ ।

परराष्ट्र श्रोतकाअनुसार भारतीय विदेश सचिव रावले यही जनवरी १८ देखि २० तारिखसम्म नेपालको तीन दिने भ्रमण कार्यक्रमको योजना बनाएकी छन् । अनमिनको म्याद चाहिँ आगामी जनवरी १५ तारिखका दिन सकिँदैछ । अनमिनको म्याद सकिएको तीन दिनपछि राव भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव सतिष मेहतासँगै नेपाल आउँदैछिन् ।

नेपालमा युरोपेली प्रभाव बढ्ने भन्दै भारतले नेपालमा अनमिनको उपस्थितिलाई सहज रुपले लिने गरेको छैन । भारतको समर्थनमा बनेको बर्तमान सरकार र सत्तारुढ दलहरुले यहाँ अनमिनको उपस्थिति नरुचाउनुमापनि भारतकै भूमिका रहेको अनुमान गरिँदै आएको छ । शान्ति प्रकृयामा मध्यस्थता गरिरहेको अनमिनलाई फिर्ता गराएर भारतले आफ्नो मध्यस्थतामार्फत नेपालमा आफ्नो प्रभाव बढाउन खोजेको देखिन्छ ।

'भारतीय विदेश सचिवलाई निम्तो त हामीले दिएका हौं तर उनी जुन समय छनौट गरेर नेपाल भ्रमणमा आउँदैछिन् त्यसको संकेत भने राम्रो छैन' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने- 'यहाँ अनमिनको म्याद थप्न नदिने र अनमिन फिर्ता हुनासाथ यहाँ आफ्नो प्रभाव विस्तार गर्ने भारतीय योजना रावको भ्रमणको समयलाई हेर्दा सहजै बुझ्न सकिन्छ ।'

राव नेपाल आउने मिति तय भएपछि परराष्ट्र मन्त्रालयका अधिकारीहरु उनको नेपाल भ्रमणका क्रममा उठाउनुपर्ने बिषयहरुमा गृहकार्य गर्न थालेका छन् । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको भारत शाखाले काम थालेको श्रोतले बतायो । विदेशमन्त्री रावका साथ नेपालकालागि भावी राजदूतको रुपमा चर्चामा ल्याइएका जयन्तप्रसाद पनि आउन सक्ने सम्भावना छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?