Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सूदको भुतले माओवादीलाई नछोड्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 25 December 2010 17:35

काठमाडौं- भारतीय राजदूतको रुपमा राकेश सुदको अरु थप समय नेपालमा उपस्थिति एकीकृत नेकपा (माओवादी) ले नरुचाएपनि उनको बहिर्गमन स्वयं माओवादीकालागि थप चुनौति हुने भएको छ ।

राजदूत सुदलाई भारत सरकारले फिर्ता बोलाइसकेको र उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार शिबशंकर मेननको कार्यालयमा सरुवा गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाई सकेका छन् । सुद जुन कार्यालयमा सरुवा हुँदैछन्, त्यसले सिधा नेपालका माओवादीहरुसँग सरोककार राख्ने देखिन्छ ।

सुद फिर्ता जाँदा काठमाडौंमा माओवादीलाई तत्कालका निमित्त हाइसन्चो होला तर उनी नयाँदिल्ली पुगेपछि भने उनैका कारण माओवादीले झन अप्ठ्यारो व्यहोर्नुपर्ने देखिन्छ । किनभने आगामी अपि्रलतिर राजदूतका रुपमा तीन वर्षे कार्यकाल सकिने सुद भारतीय विदेश सेवामा चाहिँ दुई वर्ष रहनेछन् । सम्भव छ उनी त्यो अवधिसम्म मेननकै कार्यालयमा रहने सम्भावना बढि देखिन्छ । भारतले नेपाल र नेपाली माओवादीलाई आफ्नो सुरक्षाको खतराको आँखाबाट हेर्दै आएको छ ।

यो स्थितिमा नेपाली माओवादीप्रति आक्रामक सुदले सो कार्यालयमा बसेर नेपाली माओवादीप्रति अरु आक्रामक नीति निर्माणमा मेननलाई सुझाव दिनेछन् । पछिल्लो समय नेपाल सम्बन्धी मामिलामा मेननले निकै चासो राख्दै आएका छन् । प्रधानमन्त्रीको दोश्रो चरणको निर्वाचन ताका उनले माओवादी लडाकूको संख्या निर्धारण गर्नकालागि हुने बैठकमा भारतीय राजदूतावासकोसमेत उपस्थिति हुनुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए । त्यो नमान्दा उनकै इशारामा मधेशवादी दलहरुले प्रचण्डलाई भोट दिएनन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?