Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सोनिया गान्धीसँग भारतीय राजदूत सुदको पारिवारिक सम्बन्ध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 15 December 2010 18:24

काठमाडौं- नेपालकालागि भारतीय राजदूत राकेश सुदको भूमिका र वानी व्यवहारबारे भारतमैपनि आलोचना हुने गरिएपनि सुदलाई फिर्ता नबोलाइनुमा भारतीय राजनीतिकी शक्तिशाली पात्र कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग सुदको पारिवारिक सम्बन्ध हुनु रहेको खुलाशा भएको छ ।



गत साल केही भारतीय पत्रपत्रिकाहरुले सुदलाई फिर्ता बोलाएर जयन्त प्रसादलाई फिर्ता बोलाउने सम्भावना रहेको समाचार दिएपनि सुदले सोनियासँगको पारिवारिक सम्बन्धलाई प्रयोग गरेर अझै केही समय यहीँ रहिरहने प्रयास थालेको श्रोतले बताएको छ ।

जानकारी अनुसार राजदूत सुदकी श्रीमति कामनाप्रसाद सुदको कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग निकै मजवुत सम्बन्ध छ जसका कारण सुदलाई फिर्ता बोलाउन पटक पटक प्रधानमन्त्री मनमोहन सिँहलाई दवाव परेपनि उनलाई फिर्ता बोलाइएको छैन । 'श्रीमति सुद प्रत्येक हप्ताजस्तो विहान श्रीमति गान्धीलाई भेट्न जान्छिन् त्यसैले यति सार् हो विवादमा परेपनि उनलाई फिर्ता नबोलाइएको हो' श्रोतले भन्यो- 'उनलाई यहाँ थमाइराख्न श्रीमतिले सुदको भूमिकाले काम गरेको छ ।'

राजदूत पत्नीहरु प्रायजसो श्रीमान्सँगै रहने गर्छन उनीहरुको कुनै स्थायी प्रकृतिको जागिर नभएको अवस्थामा । राजदूत पत्नीकोपनि कुनै जागिर छैन तर उनी धेरैजसो काठमाडौंमा भन्दा नयाँदिल्लीमा रहने गरेकी छन् । जानकारी अनुसार, नयाँदिल्लीका कन्नट प्लेसमा उनको क्युरियो पसल छ र उनी धेरैजसो पसलमै भेटिन्छिन् । 'नयाँदिल्लीमा रहने गरेकाले उनलाई चाहेको बेला श्रीमति गान्धीलाई भेट्न सजिलो हुन्छ' श्रोतले भन्यो- 'उनले जहिले चाह्यो, त्यो बेला गान्धीको भेट पाउने स्थिति छ ।'

जानकारी अनुसार नेपालमा प्रधानसेनापति प्रकरणमा सुदले खेलेको विवादास्पद भूमिकाकारण त्यतिबेलादेखि नै उनलाई फिर्ता बोलाउनुपर्ने दबाब भारतीय सरकारलाई पर्न थालेको थियो । हाल विहारको विधान सभा निर्वाचनमा विजयी जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवले सुरुदेखि नै सुदलाई फिर्ता बोलाउन दबाब दिएका थिए । नेपालमा माओवादीसँग राम्रो सम्बन्ध रहेको मानिएका यादवलाई भारतीय प्रम सिँहले केही महिनाअघि नेपाली माओवादीसँग सम्बन्ध सुधार्न आफ्नो विशेष प्रतिनिधिको रुपमा नेपाल जान भनेपनि उनले सुदलाई फिर्ता नबोलाइकन आफूले यो भूमिका निर्वाह नगर्ने बताएका थिए ।

यसैबीच, सुदमाथि जुत्ता प्रहारको घटना भएको दुई महिनापछि प्रहरीले घटनामा संलग्नहरुमाथि कार्वाही थालेको छ । यसैक्रममा प्रहरीले मंगलबार माओवादीका जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्ज रामसंघर्ष थुलुङ्गलाई सार्वजनिक अपराधको मुद्धा दायर गरेको छ । सरकारी वकिलमार्फत उनीविरुद्ध मुद्धा दायर गरिएको थियो । आफूमाथि जुत्ता प्रहार गर्नेहरुमाथि कार्वाही नभएकोमा राजदूत सुदले असन्तोष जनाउँदै आएका थिए । नेपालमा कुनैपनि कुटनीतिक जुत्ता प्रहार गरिएको त्यो पहिलो घटना थियो ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?