Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी नेपाली मुलका भारतीय नागरिक आचार्य बालकृष्णबारे समर्थन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 09 June 2011 10:21

'एउटा मानिस नेपाली मुलको भएकै कारण भारतमा भएको षडयन्त्रमुलक विभेदले सन् १९५० को नेपाल-भारत मैत्री सन्धिको ठाडो उल्लंघन गरेको छ'- चुरे भावर राष्ट्रिय एकता पार्टी
काठमाडौं- भ्रष्टाचार विरोधी अभियान भन्दै अनसन थालेका भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण नेपालबाट भागेर भारत पुगेका अपराधी भएको आरोप सत्तारुढ भारतीय कांग्रेस आई लगाएर भारतले सन् १९५० को सन्धिको मानमर्दन गरेको आरोप चुरे भावर राष्ट्रिय एकता पार्टीले लगाएको छ ।

सो पार्टीकातर्फबाट बरिष्ठ उपाध्यक्ष बाबु थापाले विहीबार प्रेस विज्ञप्ती प्रकासित गरी भारतमा जन्मिएका नेपाली मुलका नागरिक भएकै कारणले उनलाई अपराधीको आरोप लगाइएको दावी गरेका छन् । आचार्य बालकृष्णको बिषयमा ऐक्यबद्धता जनाउन सबै नेपालीहरुसँग उनले आग्रहपनि गरेका छन् ।

'एउटा मानिस नेपाली मुलको भएकै कारण भारतमा भएको षडयन्त्रमुलक विभेदले सन् १९५० को नेपाल-भारत मैत्री सन्धिको ठाडो उल्लंघन गरेको छ' उपाध्यक्ष थापाले भनेका छन्- 'साँच्चिकै सन्धिको अर्थ सकिएको भए सुगौली सन्धी पूर्वको सबै नेपाली भूमि भारतले फिर्ता गर्नुपर्छ ।' स्मरणीय छ सन् १९५० को सन्धिले त्यस सन्धि पूर्वका ब्रिटिश इण्डियासँग भएका सबै सन्धि खारेज गरेको छ, जसअनुसार सुगौली सन्धिपनि खारेज हुन्छ ।

भारतीय मुलका नागरिक पनि नेपालको संविधानले तोकेको मापदण्ड पुरा गरेर नेपाली नागरिकता लिएर बसेको स्मरण गराउँदै सो पार्टीले भारतको संविधानअनुसार भारतमा जन्मेको आधारमा भारतीय भएका बालकृष्णलाई फसाउन खोज्नु भारतमा रहेका करोडौ नेपाली मूलका नागरिकमाथिको षडयन्त्र भएको ठहर गरेको छ ।

भारतीय कांग्रेस (आई) ले बालकृष्ण विरुद्ध चलाएको अभियानले नेपाल र भारतको लामो समयदेखिको सम्बन्धमा खलल पुग्ने चेतावनी दिँदै यस सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्न भारत र नेपालको विदेश मन्त्रालयसँगसमेत माग गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?