Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको अनुसन्धानबाट पत्ता लागेपछि भारतीय प्रयासमा तुवाँलो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 28 January 2011 16:58

काठमाडौं- कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको अनुसन्धानबाट पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउन खोज्ने भारतीय प्रयासमा तुवाँलो लागेको हो ।

हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रयोग गरी जहाजबाट गरिएको एक्सरेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको छ । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार सहर ४ लेनको सडक दुईतिर घर र उद्यानसमेत आधा किमि लम्बाइको निकै व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।

एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको बि्रटिस टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरु प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ । त्यहाँ पाइने इँटा लगायत अन्य सामग्रीबाट पनि तिनीहरु कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । स्मरणीय छ भारतले बुद्धको जन्मस्थल आफ्नो देशमा रहेको दुश्प्रचार गर्दै आएको छ ।

बुद्धकालीन वा सोभन्दा पुरानो सहर दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने जानकार श्रोतले बताएका छ । यसअनुसार ३ वर्ष उत्खनन एक वर्ष संग्रहालयका रुपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ । यस क्षेत्रमा उत्खनन गर्दा पुराना सामग्रीमा कुनै पनि प्रकारले क्षति नपुग्नेगरी खनिने र यसरी पत्ता लगाइएका वस्तुको अध्ययन गर्न २ वर्षसम्म लाग्ने बताइएको छ । यसका लागि अघिल्लो बिहीबार बि्रटिस टोली तिलौराकोटतर्फ गएको सरकारी श्रोतले बतायो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?