Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ह्योअी ल्होछार २८४७ मनाउन तामाङहरुद्वारा १ हजर १ सदस्यीय समिती गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 18 January 2011 22:55

काठमाडौं- यस वर्षको ह्योअी ल्होछार २८४७ 'राष्ट्रिय पर्व तथा पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङ स्थापना गरौँ' भन्ने मूलसहित मनाउने तयारी भईरहेको छ ।

यहि माघ २१ गते शुरु हुने ह्योअी ल्होछारबारे जानकारी दिन माघ ४ गते राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ल्होछारमा तामाङहरुलाई पाँच दिन सार्वजनिक बिदा दिनुपर्ने, साझा राष्ट्रिय सांस्कृतिक नीति अवलम्बन गर्नुपर्ने तथा नयाँ संविधानमा ताम्सालिङ स्वायत्त गणराज्य सुनिश्चित गर्न पनि माग गरेको छ ।

पत्रकार सम्मेलनमा ह्योअी ल्होछार २८४७ बृहत् मूल आयोजक समितिका संयोजक धनप्रसाद तामाङकाअनुसार ल्होछार सफल पार्न विभिन्न ११० वटा तामाङसम्बद्ध  सङ्घसंस्था कि्रयाशिल रहने छ । तामाङ्ग समुदायको छाता संगठन नेपाल तामाङ घेदुङको संयोजकत्वमा एक हजार एक सदस्यीय ह्योअी ल्होछार २८४७ बृहत् मूल संयोजन समिति पनि गठन गरिएको छ । यही माघ २०, २१ र २२ गते काठमाडौंको टुँडिखेलमा ह्योअी ल्होछारका अवसरमा भव्य सांस्कृतिक महोत्सव तथा सांस्कृतिक र्याली प्रर्दशन हुने संयोजक तामाङ्गले बताए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?