Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काठमाडौंमा प्रथम शहीद लखन थापा मगरको १३४ औं स्मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 14 February 2011 12:40

काठमाडौं- प्रथम शहीद लखन थापा मगरको १३४ औं स्मृति दिवस भव्यतापूर्वक मनाइएको छ ।


प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानद्वारा फागनु २ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले शहीद थापाले मुलुकमा व्याप्त जहानियाँ राणाशासनका विरुद्धमा गोरखा बुङकोटमा विद्रोह गर्दा उनलाई मृत्युदण्ड दिएकाले थापालाई सरकारले सम्मान गर्न नसकेको बताए ।

कार्यक्रममा इतिहासविद् तुलसीराम वैद्यले थापाले देखाउनुभएको त्याग र आदर्शलाई प्रेरणाकारुपमा लिनुपर्ने धारणा व्यक्त गरे । त्रिवि केन्द्रीय इतिहास विभागका विजय मानन्धरले निःस्वार्थ भावले आफनो आदर्शमा दृढताकासाथ निर्भीक भएर शरीर त्याग गर्न तयार थापाले विक्रम संवत् १९३२ मा मृत्युवरण गरेको अभिलेख पाइएको भएपनि थप अनुसन्धानको जरुरी भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आले मगरलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव जीवन आले मगरले संचालन गरेका थिए ।

जहाँनिया निरंकुश राणा शासनको विरुद्धमा सबैभन्दा पहिला संगठित विद्रोह गरेका थापाले १९३३ फागुन २ गते सहादत प्राप्त गरेका थिए । राणा शासकहरुको कायरतापूर्ण हत्यालाई प्रथम सहिद थापा मगरले हाँसीहाँसी स्विकारेका थिए । एक हिसाबले प्रथम शहीद थापा मगरको विद्रोह लोकतान्त्रिक व्यवस्थाकालागि थियो ।

-Santa Bagam in Kathmandu

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?