Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जनजाति महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NEFIN Press release   
Wednesday, 12 January 2011 18:07

काठमाडौं- प्रधानमन्त्रीको कुर्ची मोहमा चुर्लुमा डुवेका दलहरुलाई उपहार दिन लगिएको प्रधानमन्त्रीको कुर्ची संविधान सभा गेटमा लैजाने क्रममा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुमाथी हातपात गरेर कार्यक्रममा प्रहरीले हस्तक्षेपसमेतको छ।

"संविधान निर्माणकालागि थपिएको अति महत्वपूर्ण समय १ बर्ष मध्ये ६ महिना प्रधानमन्त्री कुर्चीको खेलमा खर्चेर सविधान निर्माण कार्य अपुरो र अधुरो राहेको अवस्थमा प्रधानमन्त्रीको १७ औ पटकको निर्वाचनकालागी दलहरु संविधान सभाको भवनमा भेला भएको अवसरमा प्रधानमन्त्रीको कुर्चीको खेल तत्काल अन्त गरेर आम ३ करोड नेपाली जन्ताको चाहनाअनुसार संविधान निर्माणका अपुरो र अधुरो कार्यहरु अविलम्व पुरा गरेर वांकी ६ महिना भित्र संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान जारी गराउन दलहरुलाई दवाव दिन आज पुष २८ गते दिनको १ देखि ३ बजे सम्म संविधान सभा गेट नं ३ अगाडी 'कुर्चीको खेल अन्त गर, समयमा संविधान जारी गर' भन्ने नाराका साथ धर्ना दिएका थिए । प्रधानमन्त्रीको कुर्ची मोहमा चुर्लुमा डुवेका दलहरुलाई उपहार दिन लगिएको प्रधानमन्त्रीको कुर्ची ३ गेटमा लैजाने क्रममा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुमाथी हातपात गरेर कार्यक्रममा प्रहरीले हस्तक्षेपसमेत गरेका थिए ।

दलहरुलाई उपहार दिन लगेको उक्त कुर्चीलाई महिला, युवा र हिमाली आदिवासीहरुसमेतले पटक पटक गेट नं. ३ सम्म पुर्याउने प्रयास गर्दा कार्यक्रम स्थालमा तैनाथ सयौ दफा प्रहरीले रोकेका थिए । कार्यक्रमलाई नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघकी अध्यक्ष श्रीमती चन्द्रकला गुरुङ, महासंघका उपाध्यक्ष नोभु घले बुद्ध, नेपाल मगर संघका अध्यक्ष झकवहादुर थापा मगर, नेपाल तमाङ घेदुङका अध्यक्ष धनप्रसाद तमाङ, नेपाल युवा महासंघका उपाध्यक्ष भरत श्रेष्ठ, नेपाल थामी समाजका अध्यक्ष कविराज थामी र अन्तमा महासंघ अध्यक्ष राजकुमार लेखी थारुले मन्तव्य व्यक्त गरेका थिए ।"

आङ काजी शेर्पा किसान
महासचिव

नेपाल आदिवासी जनजाति महासंघ
सम्पर्क फोन ९८५१० ४८१८४

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?