NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'मगर स्वायक्त प्रदेश घोषणा गर'- नेपाल मगर संघको २३ औं राष्ट्रिय सम्मेलन शुरु PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Santa Bagam   
Saturday, 13 February 2010 15:34

काठमाण्डौं- नेपाल मगर संघको २३ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्पूर्ण मगरहरुको साझा संगठनको रुपमा रहेको संघको राष्ट्रिय सम्मलेन फागुन १ गते राजधानीमा शुरु भएको हो ।


Magar leaders and the guests at the openning ceremony of 23rd national conference of Nepal Magar Association in Kathmandu. Photos: Santa

खुल्ला मंचमा आयोजित उदघाटन कार्यक्रममा बोल्ने मगर अगुवाहरुले मुलुकलाई १४ प्रदेशमै विभाजन गर्न आवश्यक भएको धारणा राखेका थिए । उनीहरुले जातीय अग्राधिकार सहितको नयाँ संविधान आगामी जेठ १४ भित्रै बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङ्गले संस्कृतिका धनी मगर समुदायले नयाँ संविधान निर्माणमा विशेष योगदान दिनु पर्ने धारणा राखे । नेम्वाङ्गलाई मगर संघले ९ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

सम्मेलन शुरु हुनु अघि निकालिएको र्यालीका सहभागीहरुले 'इतिहास, भाषा, संस्कृति सम्बर्धन संरक्षण सम्पूर्ण मगरहरुको मुल मन्त्र, जातीय पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र', 'मगर स्वायक्त प्रदेश घोषणा गर' जस्ता प्ले कार्ड बोकेका थिए । नेपालमा छेत्री र बाहुन पछि तेस्रो ठूलो जाति मगर आदिवासी जनजातिहरु मध्ये सबैभन्दा बढी जनसंख्या भएको जाति हो ।

-Santa Bagam in Kathmandu












Photos: Santa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?