Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

२६ वटा जनजातीय संघ संस्थाद्वारा नयाँ संबिधानमा १५ सुत्रिय माग कायम गर्न आन्दोलनको घोषणा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Friday, 20 May 2011 18:27

Exclusive: काठमाडौँ- "संविधान सभाबाट धर्मनिरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आदिवासी जनजातिको जातीय स्वायत्तता, संघीयता, आत्मनिर्णयको अधिकार, राजनैतिक अग्राधिकार र आदिवासी जनजातिको हक-हितको सुनिश्चित भएको संविधान ०६८ जेठ १४ गते भित्र जारी गराउन जनस्तरबाट दवाव दिन आदिवासी जनजाति संयुक्त संघर्ष समितिले १५ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।"

आदिवासी जनजाति संयुक्त संघर्ष समितिको अपील
आदरणीय आदिवासी जनजाति दिदीबहिनी दाजुभाई तथा न्यायप्रेमी जनसमुदाय !


धर्म निरपेक्षता, जातीय स्वायत्तता, संघीयता, आत्मनिर्णयको अधिकार, राजनैतिक अग्राधिकार र आदिवासी जनजातिको हकहितकालागि आन्दोलनरत राजनितिक दलहरु, राजनितिक दलका आदिवासी जनजाति भातृसंगठनहरु, आदिवासी जनजातिका राष्ट्रिय स्तरका महासंघहरु, विभिन्न जातीय संयुक्त मोर्चाहरु तथा आदिवासी जनजाति सभासद सभा ककस समेतको प्रतिनिधित्वमा आदिवासी जनजातिहरुको साझा मोर्चाकारुपमा 'आदिवासी जनजाति संयुक्त संघर्ष समिति २०६८' गठन गरिएको कुरा सगौरव जानकारी गराउँदछौं ।

देशमा संविधान सभाको एक वर्षे थपिएको म्याद यही ०६८ जेष्ठ १४ गते समाप्त हुदैछ तर संविधान बनेको छैन । ०६२।०६३ को जनआन्दोलनवाट स्थापित धर्मनिरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छैन । संविधान नचाहने प्रतिगमनकारी यथास्थितिवादीहरु र एकात्मकतावादीहरु संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, जातीय स्वायत्तताका विरुद्धमा संविधान निर्माण प्रकृयामा अवरोध पुर्याई रहेकाछन् हामी त्यसको जोडदार विरोध गर्दछौं । साथै संविधान नलेख्ने तर संविधान सभाको म्याद मात्र थप्ने तथा राज्यपुनस्रंरचना आयोग गठन गर्ने कुराको पनि हामी विरोध गर्दछौं ।

संविधान सभाबाट धर्मनिरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आदिवासी जनजातिको जातीय स्वायत्तता, संघीयता, आत्मनिर्णयको अधिकार, राजनैतिक अग्राधिकार र आदिवासी जनजातिको हक-हितको सुनिश्चित भएको संविधान ०६८ जेठ १४ गते भित्र जारी गराउन जनस्तरबाट दवाव दिन आदिवासी जनजाति संयुक्त संघर्ष समितिले १५ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमहरुमा संम्पूर्ण आदिवासी जनजाति, अग्रगामी, परिवर्तनकारी र न्यायप्रेमी जनसमुदायको सकि्रय सहभागिताकालागि हार्दिक अपील गर्दछौं ।

नयाँ संविधानमा सुनिश्चित गरिनु पर्ने आदिवासी जनजातिहरुका न्यूनत्म मुद्दाहरु:

१. जाति, भाषा, पहिचानका आधारमा आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलोमा आत्मनिर्णय, राजनीतिक अग्राधिकार, स्वशासन, स्वायत्त राज्यसहितको राज्यपुनसंरचना हुनुपर्ने

२. धर्मनिरिपेक्ष, संघीयता, लोकतान्त्रिक गणतन्त्र नयाँ संविधानमा सुनिश्चित गर्नु पर्ने

३. आदिवासी जनजातिको भूक्षेत्र, प्राकृतिक स्रोत तथा पम्परगत ज्ञान, प्रविधि र उपयोग वा उपयोगबाट प्राप्त लाभमाथि अग्राधिकार र पूर्व तथा सुसूचित सहमतिको अधिकारको ग्यारेन्टी हुनुपर्ने

४. रक्षा, परराष्ट्र र मुद्रावाहेक अन्य सम्पूर्ण अधिकार र कुनै पनि सूचीमा नपरेका अवशिष्ट राजनैतिक तथा आर्थिक अधिकार राज्य, प्रदेश, क्षेत्र तहमा सुनिश्चित हुनुपर्ने

५. विभिन्न मितिमा नेपाल सरकार र आदिवासी जनजाति संघसंस्था/दलहरुबीच भएको संझौताहरुको कार्यन्वयन गरिनुपर्ने

६. भाषिक समानता तथा बहुभाषिक नीतिअन्तर्गत केन्द्रीय स्तरमा राज्य भाषाहरुको पनि समान प्रयोगको सुनिश्चितता र मातृभाषाको माध्यमबाट उच्चतहसम्म निःशुल्क शिक्षाको अधिकार हुनुपर्ने

७. समावेशी तथा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने

८. प्रथाजन्य परम्परागत न्यायिक प्रणालीको संवैधानिक ग्यारेण्टी हुनुपर्ने ।

९. अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति अभिसन्धी १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र कार्यन्वयन हुनुपर्ने

१०. समग्र महिलाको कोटामा आदिवासी जनजाति महिलाको पहिचानसहित पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने

११. आदिवासी जनजातिहरुको पहिचानमा आधारित समवेशी, संघीय शिक्षा प्रणाली संविधानमा सुनिश्चित गरिनु पर्ने

१२. संविधान सभमा दलहरुले व्हीप जारी गर्ने व्यावस्था खारेज गरियोस्

१३. प्रस्तावित नारायणी र सुनकोशी प्रदेश खारेज गरियोस्

१४. राज्यको सवै अंग र तह, सेना, प्रहरी, संस्थान, निजामति, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकामा जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गीरयोस

१५. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताको रक्षा गरियोस्

आन्दोलनका कार्यक्रमहरु

मिति समय स्थान
जेठ ९ गते दिउसो १ बजे
माओवादी, काँग्रेस, एमाले दलका कार्यालय

कार्यक्रम
एकीकृत माओवादी, काँग्रेस, एमाले दलका कार्यालयमा संम्बन्धित दलका आदिवासी सभासद र आदिवासी कार्यकर्ताहरुद्धारा धर्ना तथा ज्ञापनपत्र बुझाउने । साथै आदिवासी जनजाति दलहरु तथा आदिवासी जनजाति महासंघ, जातिय तथा संम्बन्धन संगठनहरु आफ्नो ईच्छाअनुसार कुनै पनि दलको कार्यालयमा सहभागिहुनेछ।

जिम्मेवारी संगठन र भेलाहुने स्थान
आदिवासी जनजाति सभासद सभा ककस, आदिवासी जातिय क्षेत्रिय महासंघ नेपाल, एनेकपा माओवादी, नेपाल आदिवासी जनजाति संघ,
नेपाली कांग्रेस, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेकपा एमाले, आदिवासी जनजाति महासंघ र आम आदिवासी जनजाति दिदिवहिनी र दाज्युभाईहरु

मिति समय स्थान
जेठ ११ गतेदिउसो १ बजे
संविधान सभा नयाँ बानेश्वर संविधान सभाको वैठक भएको दिन

कार्यक्रम
सबै घटक संगठनहरु तोकिएको स्थानबाट आ-आफ्ना झण्डा व्यानर भेषभूषामा बाजगाजासहित अपारन्ह १२:०० वजे जम्मा भई संविधान सभा भवन नयाँ बानेश्वरमा १ वजे पुग्ने र आम सभामा तथा जनप्रर्दशनमा सहभागी हुने ।

जिम्मेवारी संगठन र भेलाहुने स्थान
बसन्तपुर र मंगलबाजरः नेवार लैनचौर: गुरुङ, छन्त्याल, थकाली, दुरा, वराम, सियार, माझी
माईतिघर मण्डला: तामाङ, मगर, चेपाङ्ग, पहरी, धानुक,
सातदोबाटो: राई, लिम्बु, याक्खा, सुनुवार
पुरानो बानेश्वर: थारु र तराइका आदिवासी
चावहिल: शेर्पा, भोटे, तोक्पेगोला, ल्होमी, जिरेल, ह्योल्मो, डोल्पो, थुदाम अनमनगर: महिला. भुजेल. वालुङ
भृकुटी मण्डपः विद्यार्थी महासंघ
तिनकुने: आदिवासी यूवा महासंघ, कुमाल, जिरेल, थामी

यसवाहेक आदिवासी जनजाति दल, दलका घटक संगठनहरुले आफ्नो अनुकुल स्थानवाट झण्डा र व्यानरसहित र्यालीमा सहभागी हुन सक्ने छ ।

मिति समय स्थान
जेठ १२-१४ गते १० देखि
५ बजे सम्म सविधान सभा नयाँ बानेशवर

कार्यक्रम
संविधान सभा अगाडी धर्ना

जिम्मेवारी संगठन र भेलाहुने स्थान
आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संम्पूण घटक संगठनहरु तथा आदिवासी जनजाति दिदिवहिनी र दाज्युभाईहरु

हाम्रा नाराहरु
१. ०६८ जेठ १४ गते आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान - जारी गर !
२. संघिय लोकतन्त्रीक धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दावाद !
३. जाती, भाषा, ऐतिहासिक पहिचानका आधारमा राज्यपुनस्रंरचना हुनैपछ !
४. आई एलओ महासन्धि नं. १६९ र यूएनडि्रप कार्यन्वयन गर !
५ आदिवासी जनजाति एकता जिन्दावाद !

आदिवासी जनजाति संयुक्त संघर्ष समिति

१.आदिवासी जनजाति सभासद सभा (ककस)
२. संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च (लिम्बुवान, खम्बुवान, तामाङसालिङ,  थारुहट स्वयत्ता राज्य परिषद)
३. नेपाः राष्ट्रिय पार्टी
२. तामसालीङ-नेपाल राष्ट्रिय दल
३. जनमुक्ती पार्टी नेपाल
४. नेपाल लोकतान्त्रिक समाजवादी दल
५. आदिवासी जातिय क्षेत्रिय महासंघ नेपाल (एनेकपा माओवादी)
६. नेपाल आदिवासी जनजाति संघ (नेपाली कांग्रेस)
७. नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ (नेकपा एमाले)
८. अखिल नेपाल आदिवासी जनजाति महासंघ एकीकृत (नेकपा एकीकृत)
९. आदिवासी जनजाति संघ समाजवादी (नेकपा माले समाजवादी)
१०. राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति महासंघ (राप्रपा)
११. राष्ट्रिय आदिवासी जनजाति महासंघ (राष्ट्रिय जनमुक्ति पार्टी)
१२. नेपाल आदिवासी जनजाति महासंघ
१३. राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
१४. नेवा स्वयत्ता राज्य मंका संघर्ष समिति
१५. तामसालीङ संयुक्त संघर्ष समिति
१६. तमुवान राज्य संयुक्त संघर्ष समिति
१७. संयुक्त मगर मन्च
१४. शेर्पा स्वायत्त प्रदेश संघर्ष समिति
१५. आदिवासी जनजाति वृहत संयुक्त मोर्चा
१६. आदिवासी जानजाति युवा महासंघ
१७. आदिवासी जनजाति विद्यार्थी महासंघ
१८. आदिवासी जनजाति चलचित्र महासंघ
१९. आदिवासी जनजाति कला संस्कृति साजाल
२०. आदिवासी जनजाति मजदुर संघ
२१. आदिवासी जनजाति अपाङ्ग संघ
२२. आदिवासी जनजाति गैरसरकारीसंस्था महासंघ
२३. नेपाल हिमाली आदिवासी वुद्धिष्ट महासंघ
२४. अतिसिमान्तकृत आदिवासी जनजाति राष्ट्रिय सन्जाल
२५. आदिवासी जनजाति थरुहट संयुक्त संघर्ष समिति
२६. सवै घटक संगठनका जिल्ला संगठनहरु

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?