Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

२८४७ औं ह्योअी ल्होछार मनाउन तामाङहरु अन्तिम तयारीमा जुटे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 01 February 2011 18:13

काठमाडौं- तामाङ समुदायले मनाउदै आएको ह्योअी ल्होछार २८४७ को सम्पूर्ण तयारी पुरा भएको छ ।

माघ २०, २१ २२ गते तीन दिन भव्य रुपमा मनाउने ल्होछार मनाउने तयारी पुरा भएको माघ १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विगत वर्ष झैँ यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा '२८४७ औं ह्योअी ल्होछार राष्ट्रिय एकता पर्वको रुपमा मनाऔं, पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङको स्थापना गरौं' मूलनाराकासाथ सांस्कृतिक महोत्सव तथा सांस्कृतिक र्याली आयोजना गरिने संयोजक धनप्रसाद तामाङले जानकारी दिए । महोत्सवमा माघ २० गते खुलामन्चबाट १२:३० वजे मोटरसाइकल र्याली र साँझ ५ वजे टुँडिखेलमा दीपावली गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, माघ २१ गते विहान १० वजे खुलामन्चबाट सांस्कृतिक झाँकीसहितको र्याली रत्नपार्क, वागवजार, पुतलीसडक, सहिदगेट हुँदै टुँडिखेलमा जम्माभई १ बजे संविधान सभाका सभाध्यक्ष सुवास नेम्वाङ्ले ल्होछार समारोह तथा सांस्कृतिक कार्यक्रमको उदघाट्न गर्नुहुने जानकारी दिइएको छ । माघ २२ गते विहान १० बजे रक्तदान १२:३० बजेदेखि सांस्कृतिक कार्यक्रम र समापन गरी मनाइने कार्यक्रम रहेको छ ।

तामाङ्ग संचार समूहका अध्यक्ष जगतमान लामाले माघ २० गते तीन बजे तामाङ कलाकार र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता टुँडिखेलमा हुने जानकारी दिएका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?