NEWS: बिबिसी नेपाली सेवा ::

Inside

जापानमा लखन थापा मगरलाइ प्रथम शहिद घोषणा गर्न माग राख्दै मगर दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by KB Magar   
Wednesday, 03 March 2010 18:57

जापान- जापानको टोयोटा सिटीको आर्काडिया भवनमा मगर सेवा समिती टोकाइ, जापानको आयोजनामा नेपालका प्रथम शहिद लखन थापामगरको १३३ औ समॄति दिवस तथा नेपाल मगर सङ्घको २८ औ स्थापना दिवस फेब्रुअरी २७ मा नेपाली तथा जापानीहरुको उत्साहजनक सहभागीता बिच भब्यताका साथमा सम्पन्न भएको छ।

Photos courtesy: KB


कार्यक्रमको आरम्भ संयोजक ज्ञान पुन मगरबाट विभिन्न नाराहरूको प्रस्तुति सहित मंचमा गएर महासचिव श्याम राना मगरलाइ हस्तान्तरण गर्दै सभामा परिणत भएको थियो ।

संस्थाका अध्यक्ष राजु राना मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो । जसअन्तर्गत प्रमुख अतिथिमा नेपाली आदिबासी जनजाती महासंघ जापानका संयोजक डम्मर बहादुर गुरूङ, विशेष अतिथी नेपाली आदिबासी जनजाती महासंघ टोकाइ, जापानका उपाध्यक्ष साम्देन शेर्पा, तमु धीं नागोयाका महासचिव भेषराज गुरुङ, शेर्पा संघ जापानका अध्यक्ष पासाङ शेर्पा, थकाली सेवा समिति तोकाइ जापानका चन्द्र शेरचन, तामाङ मैत्री संघ जापानका प्रतिनिधि अमित तामाङ, नेपाल जापान बौध्द संघका महासचिव विरेन्द्र शेरचनको आतिथ्यता रहेको थियो ।



महासचिव श्याम राना मगरबाट संचालित उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि डम्मर बहादुर गुरूङबाट दिप प्रज्वलन गरेर भएको थियो । उदघाटनपश्चात राष्ट्रिय गान प्रस्तुत गर्दै शहिदहरूको सम्झनामा १ मीनेट मौनधारण गरिएको थियो भने संरक्षक दिपक पुन मगरबाट लखन थापाको तस्विरमा माल्यार्पण गर्नु भएको थियो ।

मन्तव्य दिने क्रममा सम्पूर्ण जातीय संघ संस्थाको तर्फबाट विशेष अतिथी नेपाली आदिबासी जनजाती महासंघ टोकाइ, जापानका उपाध्यक्ष साम्देन शेर्पाले मगर दिवसको अवसरमा शुभकामना र कार्यक्रमको पुर्ण सफलताको कामना गर्नु भएको थियो ।

मन्तव्य राख्ने क्रममा संस्थाका भू.पू. अध्यक्ष तथा विशेष सम्मानित सदस्य खिम बुढा मगरले मगर दिवसको बारेमा प्रकाश पार्दै प्रथम शहिद लखन थापा मगरकोबारे प्रोजेक्टरको माध्यमबाट उपस्थित सबैलाइ अत्यन्त रोचक र सरल तरिकाले जानाकारी गराउदै भन्नु भयो- 'एमाले, कांग्रेस र माओवादीहरूको आपसी पार्टीगत झगडामा मृत्यु भएका कार्यकर्तालाइ तुरून्तै क्षतिपूर्ति र शहिद घोषणा गर्छन् तर लखन थापालाइ प्रथम शहिद घोषणा गर्न पटक्कै चाहदैनन् यो भन्दा शहिदप्रतिको अपमान र विडम्वनाको कुरा अरू के हुन सक्छ र शहिदको परिभाषा के हो?'

उहांले अगाडि भन्नु भयो- 'शहिद कुनै व्यक्ति, समाज, र कुनै जातिकोमात्र नभइ सबैका हुन् त्यसैले लखन थापा स्मृति दिवस मगर समाजले मात्र होइन सबैले अर्थात राज्यकै पहलमा मनाउनु पर्छ अनिमात्र शहिदहरूप्रतिको वास्तविक सम्मान हुनेछ ।'

प्रमुख अतिथी डम्मरबहादुर गुरूङले बुढा मगरको कुरालाइ पूर्ण समर्थन जनाउदैन नेपाली आदिबासी जनजातिहरू अरू बढी सशक्तरूपमा एक भएर अगाडि बदनु पर्छ भन्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु भन्नु भयो ।

सभापतिको तर्फबाट अध्यक्ष राजु राना मगरले कार्यक्रममा विज्ञापन र शुभकामना दिएर विशेष सहयोग गर्नु भएकोमा विभिन्न संघ संस्था, व्यवसायी र व्यक्तिहरूलाइ धन्यवाद दिदै मगर र आदिबासी जनजातिहरूको बारेमा मन्तव्य राख्दै प्रथम चरणको समापन गर्नु भएको थियो ।

अन्तमा संरक्षक भिजेन्द्रमान पुन मगरबाट कम्पाइको साथै प्रोजेक्टरबाट म्यूजिक भिडियोको साथमा सौहाद्रपुर्ण वातावरणमा सांस्कृतिक कार्यक्रम सहित अन्तिम समयसम्म अत्यन्त सफलताका साथ सम्पन्न भएको थियो ।

-KB Magar in Japan

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?