Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल मगर संघको २९ औं स्थापना दिवस सम्पन्न: आत्मनिर्णयको अधिकार सहितको मगराँत स्वायत्त प्रदेशको माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Mek Rana Magar & Khadgabir Thapa Magar   
Monday, 28 February 2011 21:14

Updated: Special: 5 photos: रुपन्देही / गुल्मी- विशिष्ट पहिचान, भिन्न अस्तित्व रहेका नेपालका आदिवासी जनजातिहरुकै सबैभन्दा ठूला समुदाय मगरको साझा सामाजिक संस्था नेपाल मगर सघको २९ औं स्थापना दिवस ऐतिहासिक मगराँत भूमि बुटवलमा भव्य रुपमा लाखौं मगरहरुको सहभागीतामा सम्पन्न भयो ।


 

29th Magar Diwas (Phagun 15) celebrated in Butwal, Nepal. Photos: Mek Rana


स्थापना दिवसको अवसरमा संघका केन्द्रीय नेताहरुले आत्मनिर्णयको अधिकार सहितको मगराँत स्वायत्त प्रदेशको स्थापना नगरीए मगरहरुले आन्दोलनका आधिवेहरी सिर्जना गर्ने चेतावनी दिएका छन् । ऊनीहरुले निर्धारित समयमै जनताले चाहे जस्तो लोकतान्धिक संविधान निर्माण नगरिए आदिवासी जनजातिहरु चुप लागेर नबस्ने र त्यसकोलागि जुनसुकै बलिदान दिन तयार रहेको बताउँदै ठूलो जातीय समुदायको हैसियतले त्यसको नेतृत्व स्वाभिक रुपले मगर जातिले गर्ने बताएका छन् ।

Nepal Magar Association President Jhakbahadur Thapa Magar speaking at Magar Diwar in Butwal. Photos: Mek Rana

सभामा बोल्दै केन्द्रीय अध्यक्ष झकबहादुर थापामगरले मगर जातिको ईमान्दारीता र धैर्यतालाई कमजोरीको रुपमा नलिन चेतावनी दिँदै आदिवासी जनजातिहरुलाई जातिवादी र विखण्डनकारी भन्नेहरु नै साँचो अर्थमा विखण्डकारी भएको आरोप लगाउनु भयो । वहाँले 'यदि अझैपनि संघीयता र जातीय राज्यको विरोध गर्ने हो भने त्यस्ताको हालत पूर्व राजा ज्ञानेन्द्रको भन्दा फरक नहुने भन्दै भन्नुभयो ूसंघीयता विरोधी मतियारहरुको हालत पूर्व ज्ञानेन्द्रको जस्तै हालत आदिवासी जनजातिहरुले बनाउछौं ।'



संघका उपाध्यक्ष महेन्द्र थापामगरले देशको शासक भनाउँदाहरु खाली कुर्चिकै खेलमा भुलेको जनता र देशकोभन्दा व्यक्तिगत स्वार्थमा लिप्त रहेकोले अहिलेसम्म देशले शान्ति र संविधान पाउँन नसकेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हजारौं आदिवासी जनजाति नेपालीले रगत पसिना बगाए पनि अहिलेका राजनीतिक दलका नेताहरुले हाँसखेलमै उडाएका बताउनु भयो । वहाँले क्रान्तिको विजोरोपण गर्ने सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्न अनकनाई रहेको देख्दा िसंङ्गो मगर समुदायको मात्रै नभई सहिद परिवारको खिल्ली उडाएको बताउनु भयो । वहाँले देशको सिमाना निर्माता मगरहरुको सम्मान गर्न हिजोको राज्यसत्ताले गरेको उत्पीडनको मुल्य चुक्ता गर्न पनि आत्मनिर्णयको अधिकार सहितको स्वाशासित मगराँत स्वायत्त प्रदेश नै मगर संघको अहिलेको मुख्य लक्ष्य भएको बताउनु भयो ।



नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर संघ रुपन्देहीको व्यवस्थापनमा सम्पन्न भएको स्थापना दिवस कार्यक्रममा संघका सल्लाहकार तथा लोकतान्त्रिक मगर संघ उपाध्यक्ष कुमार थापामगर, मगर मुक्ति मोर्चा नेपालका सचिव बालकृष्ण काउचामगर, मगर हाङ परिषद्का तारा दर्लामीमगर, राष्ट्रिय मगर संघका लालकुमारी रानामगर, नेपाल मगर महिला संघका केन्द्रीय सदस्य तथा नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष मीना थापामगर, रुपन्दहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, संघका संस्थापक कोषाध्यक्ष मनवीर गर्बुजामगर, नेपाल मगर विद्यार्थी संघका नरेन्द्र थापामगर, नेपाल मगर युवा संघका अध्यक्ष मोहनिसंह थापामगरले आ-आपुनो मतव्य राख्नु भएको थियो ।

A 5-year-old Magar girl dancing at Magar Diwas. Photos: Mek Rana

स्थापना दिवसकै सन्र्दभमा संघ स्थापनामा विशिष्ठ योगदान पुर्याउनु भएका जीवित संस्थापक महासचिव शुरेस आलेमगर, संस्थापक कोषाध्यक्ष मनवीर गर्बुजा मगर र संस्थापक सदस्य एमएस थापामगरलाई दोसल्ला ओढाई ताम्रपत्रले केन्द्रीय अध्यक्ष झकबहादुर थापामगरले सम्मान गर्नु भएको थियो ।

संघका महासविच वसन्त घर्तिमगरले सन्चालन गर्नु भएको कार्यक्रम अवधिभर विविध मगराँती साँस्कृतिक झाँकी, नृत्य र गीतहरु प्रद्धर्शन गरीएको थियो । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका विभिन्न नगर समितिहरुलाई पनि सम्मान गरिएको थियो ।

-Mek Rana Magar in Kathmandu

 

गुल्मीको ठूलो लुम्पेकमा मगर दिवस भब्यतापूर्ण सम्पन्न

गुल्मी- २०६७ फागुन १५ नेपाल मगर संघ गुल्मी जिल्लाले यस पटकको मगर दिवस ठूलो लुम्पेक गाविसमा तीन हजारभन्दा बढी जनसहभागितामा मनाएको छ । नेपाल मगर संघ ठूलो लुम्पेक गाउं कमिटिको आतिथ्यता र नेपाल मगर संघ गुल्मीको आयोजनामा जिल्ला अध्यक्ष श्रीप्रसाद भलामी मगरको अध्यक्षतामा नेपाल मगर संघ केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज बालसिंह काउछा मगरको प्रमुख आतिथ्यतामा मगरहरुको लोपोन्मुख संस्कृति जिवैमामा नांच प्रस्तुती तथा मगर परिकारहरुको प्रदर्शनी, ल्हुम्पेकी मगर बाजालगायतका विविध सांस्कृतिक झांकीहरु तथा विभिन्न विद्यालयका छात्राछात्रहरुको र्यालीसहित भव्यरुपमा सम्पन्न भएकोछ ।

नेपाल मगर संघ जिल्ला कमिटि उपाध्यक्ष टीका रेश्मी मगर, सदस्य रनमाया पुन मगर, आदिवासी जनजाति समन्वय समिति उपाध्यक्ष बेद तरामी मगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समिति अध्यक्ष कमला पुन मगर, नेपाल मगर शिक्षक संघ जिल्ला अध्यक्ष दानबहादुर राना मगर, नेपाल मगर संघ इलाका नं २ इन्चार्ज टेकबहादुर राहाडी मगर, नेपाल मगर संघ लिम्घा गाविस अध्यक्ष सूर्यबहादुर थापा मगर, नेपाल मगर युवा संघ के. सदस्य मनोज काउछा मगर, नेपाल मगर संघ गुल्मी जिल्लाका सल्लाहकार लोकबहादुर राना मगर, भूपू केन्द्रीय पार्षद अमरसिंह सिंजापती मगर, नेपाल मगर महिला संघ केन्द्रीय उपाध्यक्ष तुल्सी सिंजाली मगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनि अञ्चल सदस्य दर्शन राना मगर, सत्यवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष खडगवीर थापा मगरलगायत हसरा, अश्लेवालगायतका प्रतिनिधि, संघसंस्थाका प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय गानबाट शुरुभएको थियो ।

जिल्ला कमिटि सदस्य तेजकुमारी थापा मगरको स्वागत मन्तव्य र अमर राहाडी मगरको स्वागत गीत पश्चात प्रमुख अतिथि बालसिंह काउछा मगरद्धारा मैनवत्ती प्रज्वलन गरी २९ औं मगर दिवसको उद्घाटन गरिएको थियो ।

मगर बाजा जिवैमामालगायतको गीत र न्रित्यहरुको वीचवीचमा मन्तव्यहरु राखिएको थियो । मन्तव्य दिनुहुनेहरुमा हसरा गाविस अध्यक्ष सूर्यबहादुर राना मगर, इलाका नं. २ का इन्चार्ज टेकबहादुर राना मगर, नेपाल भूपूसैनिक संघ ठूलो लुम्पेकका अध्यक्ष असुमे कृष्णबहादुर राहाडी मगर, आदिवासी जनजाति महिला महासंघ गुल्मी अध्यक्ष कमला पुन मगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी अञ्चल सदस्य सुदर्शन राना मगर, पूर्व केन्द्रीय पार्षद अमरसिंह सिंजापती मगर, सत्यवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष खडगवीर थापा मगर हुनुहुन्थ्यो भने वक्ताहरुले जातीय पहिचान र अस्तित्व जीवन्त बचाई राख्नकानिम्ति आफ्नो भाषा, भेषभुषा, धर्म, संस्कृतिको संरक्षण गर्नु पर्नेमा जेाड दिनु भएको थियो ।

आदिवासी जनजाति समन्वय समिति गुल्मीका उपाध्यक्ष बेद तरामी मगरले राज्यकोतर्फबाट जातीय पहिचान र संरक्षणकेा निम्ति जाति, भाषा, धर्मकोबारेमा समन्वयकारी भूमिका समितिले पनि निर्वाह गर्ने कुरा व्यक्त गर्नु भयो ।

कर्यक्रमका प्रमुख अतिथि काउछा मगरले नेपाल मगर संघले आगामी २०६८ सालको जनगणनामा मगरहरुको पहिचान र सहि तथ्यांक संकलनकालागि मगरहरुको मातृभाषा मगर लेखाउने, धर्मको महलमा मगरहरुको धर्म बौद्ध लेखाउने र थरको पछाडी मगर लेख्नु पर्ने कुरामा सचेत गराउंदै मगरहरु जनजातिहरुमध्येको धेरै जनसंख्या भएको जाति भएतापनि राज्यबाट उपेक्षित भैरहेकोले मगर मुक्तिको निम्ति बलिदानी गर्न पछि पर्नु हुंदैन भन्दै आम मगरहरु सचेत रहन आव्हान गर्नु भयो ।

कार्यक्रमको अन्तमा अध्यक्ष श्रीप्रसाद भलामी मगरले २९ औं मगर दिवस मनाउन ल्हुम्पेकीहरुले गरेको आतिथ्यताको प्रसंशा तथा धन्यवाद ज्ञापन गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रथम सहिद लखन थापा मगरको योगदानलाई राज्यले उपेक्षा गरेको, मगर जागरण र मगर मुक्तिका निम्ति सवै मगरहरु सगौरव आफ्नो जातीय पहिचान बनाउन बचाउन एक भएर लाग्नु पर्ने विचार राख्दै मगर दिवसको समापन गर्नु भयो ।

-Khadgabir Thapa Magar in Thulo Lumpek, Gulmi

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar kabita thapa
0
 
 
थारु र मगर एउटै बन्शावली
था रु' अर्थात् हराएको मान्छे

थारु शब्दले नेपालको विशेष गरी तराई भागमा बसोबास गर्ने एक जनजातिलाई बुझाउँछ । दाङ उपत्यकालाई थारु जातिको आदिथलो मान्ने गरिएको छ । थारुलाई कसैले थार मरुभूमि क्षेत्रबाट आएको भन्छन् भने कसैले खसानको पहाडी भागबाट बसाई सर्दै आएको हो भनी ठान्छन् । यसरी हेर्दा थारुको सम्बन्ध विभिन्न क्षेत्र र जातजातिसँग देखाईएको छ । यस आलेखमा अनेकौं प्रमाणहरुका आधारमा थारु जातिलाई मगर जातिसँग एकाकार पारेर हेर्ने प्रयास गरिएको छ ।

-डा. गोविन्द आचार्य



मगर भाषामा 'था'को अर्थ 'हराएको'र 'रु'को अर्थ 'मान्छे' हुन्छ कर्णबहादुर बुढामगर २०६१ः ७३१ तथा हर्कमाया रोकामगर । यसबाट पहाडी भागमा बस्ने मगर जातिको कुनै व्यक्ति तराईतिर झरेको र तराईको सुगम समथर खेतीयोग्य भूमिबाट मोहित भई पहाडमा नफर्केको हॊ कि भन्ने देखिन्छ । यसरी नै थारुको नामकरण भएको हो भने सो कार्य कसले गर् यो मगर जातिले वा स्वयं हराएको मगर व्यक्तिले यस कुरालाई देखाउन मगर जातिमा अद्यापि प्रचलित ुडाम्फ्या स्याईु झोरेल्नी वा जोरा स्याई नामक माघे संक्रान्तिमा गाइने नृत्य गीतमा पाइने डाँफे र मयुरको आख्यानको पनि सहारा लिन सकिन्छ । आख्यानअनुसार हिमालमा बस्ने डाँफेको नाम सुनेर मोहित मयुर हिमालमा डाँफे भेट्न जान्छ र प्रेम गरी तराईमा ल्याउँछ । डाँफे तराईमा आइसकेपछि माइतीघरको कोदो फापर सम्झिन थाल्छ । एक दिन चुरे पहाडमा काखमा बसेका कुटुनबुढा र कुटुनबुढीको बारीमा पाकेको कोदो खान पस्छ र त्यही थापेको पासोमा परी मर्छ ।

श्रीमती नफर्केको हुँदा मयुर बिछोडमा बिलौना गर्दै खोज्दै हिँड्छ । यस आख्यानले माथिकै तथ्यांकलाई सघाउने गर्दछ । यसमा तराईमा झरेर नफर्केको डाँफे चरा मात्र होइन माथि उल्लेख गरिएको हराएको मान्छे अर्थात् था-रु हुनुपर्दछ । थारु जातिमा अद्यापि गाउँको पूर्वी भागमा खेतरपाल क्षेत्रफल र गाउँको दक्षिणी भागमा कुट्नी बुह्रया भनेर कुप्रो आकारको काठ गाडेर ठड्याउने चलन छ । थारु जातिमा प्रत्येक गाउँबस्तीमा एउटा सामूहिक देउस्थल भुइँयार थान बनाउने र त्यहाँ विभिन्न देवीदेउताका साथै कुनै कुनै गाउँमा एउटा मुंग्रा गुनी ज्ञानी मगर नामक देउता पनि स्थापना गरिएको हुन्छ । यहाँ उल्लिखित ज्ञानी मगर को हो र किन थारु जातिमा देउता कहलियो प्रत्येक जातिमा आफ्नो पुर्खा पुज्ने चलन छ त्यसैले यहाँ देखिएका मुंग्रा गुनी उनै हराएका मान्छे पो हुन् कि थारु जातिमा कुसुम्या राना ढम्लहवा दहित अंग्रहुवा िसंग्रहुवा कन्द्रवा रत्गैया कठरिया टेर्रा उल्टहवाजस्ता अनेक उपथर छन् । यस्ता थरमध्ये मंगरा मगर पनि एक उपथर भेटिन्छ गौतम टेकनाथ २०४४ः ५० थारु पुराण । थारु जातिमा कुनै पनि समुदायको मानिस थारु जातिको मर्यादा र रीतिथिती मान्ने गरी पट्या लिने गरी प्रवेश गर्न सक्ने व्यवस्था छ अशोक थारु । त्यसैले यसरी नै मंगरा मगर जातिबाट आएको हो कि ? दाङ जिल्लाको देउखुरी उपत्यकाको पूर्वी भागमा पर्ने भालुवाङदेखि उत्तरमा पर्ने 'थारा' भनेको समथर भाग बुझिन्छ । यसै अर्थमा आँगनलाई पनि थारा भनिन्छ । यसैले कुनै मगर जातिको व्यक्ति थारा अर्थात् मैदानतिर झरेको र मैदानतिरै बसेको हुँदा मगर भेषमा थारु बन्न सक्दछ ।

थारु र मगर जातिमा मनाइने कैयौं चाडपर्वमा प्रयोग गरिने लुगा गहना र पूजा आदि परम्पराबीचमा समेत व्यापक समानता भेटिन्छ । मगर समाजमा वर्षात्भरि बाजा बन्द हुन्छन् र भदौतिरबाट खोली ओखरा बस्ने वा सिउसिने रिहस्रल गर्ने र नाचगान खोल्ने चलन छ । थारु जातिमा पनि वर्षात्भरि बाजा बन्द हुन्छन् र बर्खे खेतीपछि गरिने हर् या गुरै हिउँदे गुरै पूजा पछि नाचगान हुन्छ । थारु जातिमा बर्खे खेती र पछि भुइँयार भूमि पूजा गर्ने चलन छ । मगर जातिमा असारमा भूमे वा बाल पूजा गर्ने परम्परा छ । यसरी दुवै जातिमा प्राकृतिक पूजाको समान परम्परा देखिन्छ ।
मगर जातिमा सामूहिक रुपमा माछा मार्ने चाडको विधान छ । यसलाई मैन्यारी तथा स्वांगे प्रथा भनिन्छ । यस प्रथामा विशेष गरी जेठ-असारतिर वर्षात् नभई खडेरी परेमा नजिकको खोला वा नदीमा वरपरका आठ गाउँका मानिस भेला भई बाजागाजासहित माछा मार्न जाने चलन छ । यस अवसरमा दुईजना स्वांगे बनाइन्छ । ती स्वांगेहरुलाई हिलो माटो घसेर विरुप तुल्याइएको हुन्छ । स्वांगेहरुले जाँघमा िलंगस्वरुपको लामो काठ च्यापी दुई हातले समात्दै नजिकको मूलमा िलंगस्वरुप काठले कोट्याउँछन् मेम स्जा २०५८ः ६-७ सं। बम कुमारी बुढा । यसो गरेमा वर्षात् हुन्छ भन्ने विश्वास छ । यसमा एउटा आदिम मानव चेतनाको अवशेष भेटिन्छ । मानवको आदिम अवस्था नांगो थियो । िलंगस्वरुप काठले मूलमा कोट्याएर वर्षात् हुने विश्वास गर्नु पुरुष र स्त्रीबीच सम्पन्न हुने यौनक्रीडालाई प्रतिविम्बित गरिएको हो । िलंग र योनि अर्थात् सृष्टिकारक र सर्जकबीचको समागमबाट सिर्जना अपेक्षा गर्नु स्वाभाविक छ । थारु समुदायमा पनि जेठ-असारमा वर्षात् नभएमा रातको समयमा थारु बठिन्याहरु निर्वस्त्र भई गाउँको गल्ली गल्लीमा दौडिने हलो जोत्ने आदि अनेकन् उपद्रवहरु गर्ने गर्छन् । यसो गरेमा पानी पर्छ भन्ने विश्वास उनीहरुमा पाइन्छ । यसरी दुवै जातिमा वर्षात्का सन्दर्भमा समान किसिमको विधान र विश््वास कसरी स्थापित भयो थारु जातिमा पनि विशेष गरी माघी पर्वका सन्दर्भमा गाउँभरिका मानिसहरु सामूहिक रुपमा माछा मार्न जाने चलन छ । माघी पर्वमा एक दिन माछा मार्नका लागि नै छुटुइएको हुन्छ । थारु र मगर दुवै जातिमा माघी पर्व एक हप्तासम्म विशेष उल्लासका साथ मनाउने चलन छ ।

थारु र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाइन्छ । दुवै जातिका महिलामा पैसाका माला चाँदीका बाला नाकमा ठूला किसिमका नथिया पैसाका औंठी थारु जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारु जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्ण फुलीमा समानता छ । दुवै जातिका पुरुषले कानमा कुण्डल र भेग्वा लगौंटी लगाउने पुरानो चलन देखिन्छ ।
हालैका अनुसन्धानले १८ मगरात क्षेत्रमा पर्ने हंग्री नदी रोल्पामा पर्ने र हंगेरीको स्पेलिङमा पाइने हंगेरी मगर जातिको भाषा र हंगेरीको माग्यार भाषाबीच पाइने केही समानताका आधारमा हंग्री नदीकै वरपरका बासिन्दा हुन् भन्न थालिएको छ प्रा।डा। माधवप्रसाद पोख्रेल २०६१ भूमिका नेपाली मगर पाङ-अग्र्रेजी शब्दकोश भने भाषा-साहित्य संस्कृति शारीरिक बनोट र अन्य कैयांै प्रचलनका क्षेत्रमा समानता राख्ने मगर जाति र थारु जातिबीच नजिकको सम्बन्ध हुनु स्वाभाविक छ । यसले थप अनुसन्धानको अपेक्षा गर्दछ ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?