Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

किराँत धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको राष्ट्रपति डा. यादवद्वारा उदघाटन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 05 April 2011 21:34

काठमाडौं- किराँत धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरेका छन् ।



काठमाडौं खुल्लामन्चमा चैत २२ गते आयोजित विशेष समारोहलाई उदघाटन गर्दै डा. यादवले धर्म भनेको मानव धर्म मानवताको सेवा र मोक्ष प्राप्त गर्ने साधन भएको धारणा राखे । उनले हरेक धर्मको साँध सत्य, अहिंशा, दया, शान्ति र मानवता हुने जनाउँदै आपसी सहिष्णुता र सद्भाव कायम राखी शान्त र समुन्नत देशको निर्माण आजको आवश्यकता भएकोमा जोड दिए ।

राष्ट्रपति डा. यादवले अँध्यारोबाट उज्यालो र कुमार्गबाट सुमार्गमा लाग्ने बाटो धर्म भएकाले यसले मानिसभित्र हुने अहङ्कार इश्र्या द्वैष र दम्भजस्ता विकारको अन्त्य गराउन सघाउने बताए । राष्ट्रपति डा. यादवले कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा र डा. माधव लिङ्थेपलाई सम्मानितसमेत गरे ।

समारोहका किराँत धर्मगुरु आत्मानन्द लिङ्देन, हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए । सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १२६ औँ जन्मजयन्ती र ७९ औँ समाज सुधार दिवसका अवसरमा किराँत धर्म अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गरिएको हो ।

१८ देशका किराँत धर्मावलम्बीको सहभागिता रहेको छ । चैत २१ गतेबाट शुरु भएको महासम्मेलन चैत २३ गतेसम्म संचालन हुनेछ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?