Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गाई मारेको अभियोगमा दाङमा ३ जना मगर आदिवासी जनजाति गिरफतार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NEFIN Press release   
Sunday, 19 December 2010 18:15

काठमाडौं- गाई मारेको अभियोगमा दाङ्गमा प्रहरीद्वारा पक्राउ परेका तीन जना मगर आदिबासी जनजाति समुदायका ब्यक्तीहरुको नेपाल आदिवासी जनजाति महासंघले बिना सर्त रिहाइको माग गरेको छ।

महासंघले जारी गरेको प्रेस बिग्यप्तिमा भनेको छ-

"दाङ जिल्ला जितपुर गाविसका मोहन अधिकारीले दिएको उजुरीको आधारमा गाई मारेको अभियोगमा उक्त गाविसका लालमति मगर सुनकुमारी मगर मनकुमारी मगर र तेजेन्द्र घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालयले विगत ७ दिनदेखि गिरफतार गरि राखेको जानकारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष श्री तिलक बहादुर पुन र नेपाल मगर संघ दाङ जिल्लाका अध्यक्षले जानकारी दिएकाछन् ।

उक्त गिरफतारबारे दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका एस। पीले पनि पुष्टि गरेकाछन् । निज मगरहरुलाई दाङका जिल्ला प्रहरी कार्यालयले गौ हत्याको अभियोगमा मुद्धा दायर गरि सकेकाछन् ।
दाङका ३ मगर महिलाहरु र १ मगर पुरुषलाई गौ हत्याको अभियोगमा गरेको गिराफतार प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर ध्यान आर्कषण भएकोछ । यसबारे थप बुझ्नको लागि नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नोर्भु घले बुद्धा र आदिवासी जनजाति कानुन व्यवसायी परिषदका महासचिव अधिवक्ता कुन्साङ लामा मिति २०६७ पुष ३ गते दाङ जादैछन् ।

केही वर्ष अगाडी भोजपुर जिल्ला किमाथाङ्ग गाविसका ६० वर्षिय किपा शेर्पालाई मरेका गाईको मासु खाएकोमा गाई मारेको झूठो मुद्धामा फसाएर गिरफतार गरेका थिए तर पछि आदिवासी जनजातिको दवाव पछि विन शर्त रिहा भएको थियो । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा किसानले फोन मार्फत गृहमन्त्री भिम रावल दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका एस। पीलाई गिराफतारमा परेका सबैलाई विन शर्त तत्काल रिहा गर्न माग गरेकोछ ।

यस घटनाबारे सबै संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरि कार्यालय दाङमा गिरफतार गरेका आदिवासि जनजातिहरुलार्य तत्काल विन शर्त रिहाईको माग फोन मार्फत गरि दिनु हुन हार्दिक अपील गर्दछ । जिल्ला प्रशासन कार्यालय दाङ फोन ०८२५६०१३३ र जिल्ला प्रहरी कार्यालय दाङ फोन ०८२५६०१९९ ।"

मिति २०६७ पूष ३

आङ काजी शेर्पा किसान
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ

सम्पर्क फोन ९८५१० ४८१८४

Ang Kaji Sherpa Kisan (General Secretary)
Nepal Federation of  Indigenous Nationalities (NEFIN)

Kusunti Lalitpur Nepal

Email : This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Website: www.nefin.org.np
Office Phone : +9771+ 5001754

Ang Kaji Sherpa Kisan (Project Director)
Janajati Social and Economic Empowerment Project (JANSEEP)
Pulchowk, Lalitpur
Phone : +9771+5536615 and 5547930

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?