Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जातीय गोलमेचबाट मात्र बर्तमान राजनीतिक गतिरोधको अन्त्य हुनसक्ने दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 23 August 2010 03:43

काठमाडौं- नव स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले पाचौं पटकसम्म पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै सर्वजतीय गोलमेच सम्मेलनमार्फत राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने नयाँ प्रस्ताव अगाडि सरेको छ ।



जातीय गोलमेचबाट मात्र बर्तमान राजनीतिक गतिरोधको अन्त्य हुनसक्ने दावीपनि सो पार्टीले गरेको छ ।

जारी प्रधानमन्त्रीको निर्वाचन नेपालको ईतिहासकै कालो घटनाको रुपमा स्थापित भएको बताउँदै सो पार्टीले सत्ताकालागि भएको जनविरोधी फोहोरी खेल तत्काल बन्द गरेर सहमतिको बाटोमा अगाडि बढ्न प्रमुख तीन दलहरुलाई सुझावपनि दिएको छ ।

आफ्ना माग कार्यान्वयनकालागि भदौ ७ गतसंविधानसभा अगाडि धर्ना दिने कार्यक्रम राखेको सो पार्टीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जनसंगठन विभाग प्रमुख आगो फागोले संविधान सभाको रक्षा गर्दै संघीयतासहितको संविधानको सुनिश्चितताकालागि नेपाली जनता आफै अघि आउनुपर्ने बताए ।

सो पार्टीले २१ बुँदे नयाँ प्रस्ताव पनि अगाडि सारेको छ, जसमा सन् १९५० को नेपाल भारत मैत्री सन्धिको खारेजी, प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया तत्काल अन्त्य गर्नु पर्ने, भारतीय राजदूत राकेश सुदलाई तत्काल फिर्ता गर्नुपर्ने, कालापानी फिर्ता गर्नु पर्ने, नेपाली भूमिमाथिको अतिक्रमणको अन्त्य, कोशी-गण्डकी र टनकपुर सम्झौता भंग गर्नु पर्ने, एमआरपी तुरुन्त जारी गर्नु पर्ने र जातीय संगठनसँग भएका सम्झौता कार्यान्वयन गर्नु पर्ने लगायतका रहेका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?