Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवान आन्दोलनका अगुवा नेता वीर नेम्वाङ सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Saturday, 01 January 2011 18:25

'चेम्जोङ' जयन्तीको अबसरमा इमानसिङ्, सिरिजङ्गा र उदयकला पुरस्कार प्रदान
ललितपुर- लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङले २०६७ पुस १७ गते चुम्लुङहिम् तिखेदेवल ललितपुरमा किरात इतिहासकार इमानसिङ् चेम्जोङको १०८ औं जन्मजयन्ती तथा किरात सिरिजङ्गा, इमानसिङ् चेम्जोङ र उदयकला पुरस्कार वितरण कार्यक्रम एक समारोहका बीच सम्पन्न गर्यो ।

The guests and organizers during Chemjong Jayanti in Lalitpur. Photos: DB

संविधान सभाका अध्यक्ष सम्माननीय सुवास नेम्बाङको प्रमुख आतिथ्य र चुम्लुङका अध्यक्ष अर्जुन नुगोको अध्यक्षतमा सम्पन्न उक्त समारोहमा विभिन्न लिम्बू बुद्धिजिवी, सभासद तथा नेतृत्वहरुको आतिथ्य रहेको थियो ।

किरात याक्थुङ चुम्लुङमार्फत् किरात समुदाय, जातिको प्राचीन इतिहास; भाषा र किरात सिरिजङ्गा लिपिको प्रचार-प्रसार र प्रकाशनमा महत्वपूर्ण योगदान दिनुभएका भाषाविद तथा इतिहासकार इमानसिङ् चेम्जोङको सम्मानमा स्थापित 'इमानसिङ चेम्जोङ पुरस्कार २०५४' द्वारा यसपटक साहित्यकार तथा नेता वीर नेम्बाङलाई प्रदान गरी सम्मान गरियो ।

Honourees: Limbuwan leader Bir Nemwang, Manu Nemwang and Birahi Kaila. Photos: DB

यसैगरी, किरात सिरिजङ्गा लिपिलाई पुनरुत्थान गरी लिम्बू भाषामा उल्लेखनीय योगदान दिनुहुने तेअङ्सि सिरिजङ्गा सिङ्थेबेको सम्झना एवम् सम्मानकालागि लिम्बू भाषा किरात सिरिजङ्गा लिपि साहित्य, इतिहास र संस्कृतिको अध्ययन तथा अनुसन्धानमा आधारित कृति लेखी यस क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने व्यक्ति तथा संघ-संस्थालाई पुरस्कृत गर्न स्थापित 'किरात सिरिजङ्गा पुरस्कार- २०५१' द्वारा यस पटक साहित्यकार तथा खोज अनुसन्धानकर्ता दार्जिलिङ मिरिक निवासी विरही काइँला (नेम्बाङ) लाई प्रदान गरी सम्मान गरियो ।

त्यसैगरी, लिम्बू जातिको भाषागत गीत, सङ्गीत हाक्पारे साम्लो, मुन्धुम साम्लो, पालाम, ख्याली, येबालाङ्, केलाङ, माङ्लाङ्, नाटक विधामा अभिनय तथा निर्देशन आदिमा निरन्तर प्रयास एवम् विकासका लागि क्रियाशील रहन प्रोत्साहन स्वरुप प्रदान गरिने 'उदयकला पुरस्कार २०५२' द्वारा यसपटक गायिका मनु नेम्बाङलाई प्रदान गरी सम्मान गरियो ।

उपरोक्त तिनैवटा पुरस्कारहरुद्वारा सम्मानित तिनै जना स्रष्टाहरुलाई प्रमुख अतिथि सम्माननीय सुवास नेम्बाङको बाहुलीबाट पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष उत्तमसिङ थाङदेनद्वारा स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारिएको थियो भने किरात याक्थुङ माङ्गेन्ना चुम्लुङका सचिव सृजना सुब्बाद्वारा इमानसिङ चेम्जोङको जीवनीबारे प्रकाश पारिएको थियो । साथै, प्राज्ञ अमर तुम्याहाङले इमानसिङ चेम्जोङ पुरस्कारद्वारा पुरस्कृत वीर नेम्बाङ, सिरिजङ्गा पुरसकारद्वारा पुरस्कृत विरही काइँला र उदयकला पुरस्कारद्वारा पुरस्कृत मनु नेम्बाङको योगदान र व्यक्तित्व बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी, बुद्धिजिवी डम्बर चेम्जोङ र लिम्बू भाषा साहित्यकार येहाङ लाओतीद्वारा समसामयिक मन्तव्य राखिएको थियो ।

पुरस्कृत व्यक्तित्वहरुबाट मन्तव्यसमेत राखिएको उक्त समारोहको उद्घोषण किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव योगराज वनेमद्वारा गरिएको थियो ।

-DB Angbung in Lalitpur

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?