Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी\जनजाति, दलित, मधेशी, महिला र मुस्लिमको अधिकारको माग गर्दै संसद वैठक अवरुद्ध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 22 April 2011 17:20

काठमाडौँ- आदिवासी\जनजाति, दलित, मधेशी, महिला र मुस्लिमको विषयमा ठूला दलहरु गंभिर नभएपछि व्यवस्थापिका संसद सुचारु हुन सकेको छैन ।

यि समुदायको अधिकारको प्रत्याभूति नभएको भन्दै वैशाख ९ गतेको संसद वैठक अवरुद्ध भएको छ ।

बैठकको प्रारम्भमा नेपाः राष्ट्रिय पार्टीका सभासद बुद्धरत्न मानन्धरले समय माग गर्दै साना पार्टीले उठाएका माग र विषयमा सम्बोधन नगरेको भनी सरकार र ठूला पार्टीको आलोचना गरे । त्यसलगत्तै सभासदहरु मानन्धर, सदरुल मिया हक, रुक्मिणी चौधरी र विश्वेन्द्र पासवानले रोष्ट्रम घेराउ गरी लगातार नाराबाजी गरेपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगित भएको घोषणा गरे ।

दलित जनजाति पार्टीका अध्यक्षसमेत रहेका सभासद पासवानले ठूला भनिएका दल र मधेशी जनताको नाममा राजनीति गरिरहेको दलले राज्यले पछाडि पारेका समुदायलाई धोका दिन लागेकाले आफूहरुले विरोध गर्नुपरेको दाबी गरे ।

स्मरणरहोस, पासवान एक्कैले रोस्टम घेराउ गरेर संवैधानिक समितिमा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन सफल भएका थिए । अझै महत्वपूर्ण कुरा त के छ भने संविधान सभामा रहेका माओवादी, काँग्रेस र एमालेलगायतका दलका ४९ जना दलित सभासदहरुले शिक्षा र स्वास्थ्यमा क्षेत्रमा दलित समुदायलाई दिँदै आएको आरक्षणलाई १५ प्रतिशतबाट ९ प्रतिशत झार्ने सहमति गरिसकेपछि पनि पासवानको एक्लो विरोधका कारण १५ प्रतिशत नै कायम भएको थियो ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?