Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

किरात याक्थुङ चुम्लुङ २२ औं बर्षमा प्रबेश PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Semima Tumbahamphe   
Thursday, 02 September 2010 10:12

चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल
ललितपुर- संघीय/पालाम खबर: पुर्बी नेपालका लिम्बु आदिबासीहरुको साझा संगठन 'किरात याक्थुङ चुम्लुङ' को २२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा 'किरात याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलन' विषयक छलफल कार्यक्रम गत मंगलबार चुम्लुङहिम ललितपुरमा सम्पन्न गरेको छ।

Kirat Yakthung Chumlung's 22nd Anniversary celebration & interaction in Lalitpur. Photos: Semima

भाद्र १७ गते किरात याक्थुङ चुम्लुङले सदाझैं चुम्लुङको २२ औं स्थापना दिवस सम्माननीय सभाध्यक्ष सुभाष नेम्बाङको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रमकासाथ मनाउने छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लिम्बुवान र आदिवासी जनजातिको सवालमा आन्दोलनरत् विभिन्न राजनीतिक तथा सामाजिक संघ-संगठन र स्वतन्त्र बुछिजीवीहरूको सहभागिता रहेको थियो ।



छलफल कार्यक्रममा विचार राख्ने धेरै वक्ताहरूले संविधान लेखन, संघीयता, जातीय स्वायत्ता र धर्मनिरपेक्षताका लागि लिम्बुवान र आदिवासी जनजाति आन्दोलन अझ एकतृत भई थप सशक्तताका साथ उठ्नु र उठाउनु पर्ने कुरामा जोड दिए ।

चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव योगराज वनेमले प्रारम्भिक अवधारणाका साथ लिम्बुवान र आदिवासी जनजाति आन्दोलन बारे छलफलको आधारपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लीला सिङगकद्वारा गरिएको थियो ।

लिम्बुवानको बारेमा निरन्तर बहस-पैरवी गर्दै आएको चुम्लुङले यसअघि साउन १० गते पनि 'लिम्बुवान आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

-Semima Tumbahamphe in Lalitpur

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?