Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को नयाँ नेत्रित्व चयन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 23 January 2011 20:16

Updated: Exclusive: 2 videos, 58 photos: न्यू योर्क- अमेरिकामा बसोबास गर्ने नेपाली आदिबासी जनजातिहरुको साझा संगठन 'नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)' को तेस्रो अधिवेसन सम्पन्न भएको छ। अधिबेशनले आगामी ३ बर्षकोलागि शिवकुमार राइको अध्यक्ष्यतामा १३ सदस्यीय कार्य समितीको निर्वाचन गरेको छ।



Artists performing indigenous song  at the 3rd convention of Federation of Nepalese Indiagenous Peoples of Nepal in America (FIPNA) in Queens, New York, USA on Jan 23, 2011. Photos: eEyeCam.com

आइतबार न्यू योर्कको कुइन्स शहरस्थित कुईन्स प्यालेसमा सम्पन्न उक्त अधिवेसनमा अध्यक्ष पदका दाबेदार शिवकुमार राई र छेपक दोर्जी गुरुङबिच कडा प्रतिस्पर्धा भएको थियो जस्मा राइले ३५ मत ल्याएर बिजय हासिल गरेभने गुरुङले राइकोभन्दा दुई मत कम अर्थात ३३ मत ल्याएर पराजित हुने पुगे।

Shivakumar Rai and Tsepak Dorjee Gurung speaking after the election. Mr. Rai won with 35 votes against Mr. Gurung's 33 votes. Photos: eEyeCam.com

राइ फिप्नाका निबर्तमान प्रथम उपाध्यक्ष तथा एनआरएन अमेरिकाका महासचिब हुन् भने गुरुङ फिप्नाका निबर्तमान कोशाध्यक्ष तथा मुस्ताङ किदुकका संस्थापक महासचिब हुन्।


Newly elected FIPNA executive committee.

अरु ककस्ले जिते?

त्यसैगरी, प्रथम उपाध्यक्ष पदकालागि भएको प्रस्तिस्पर्धामा बिनोद पोमो लिम्बुले ३७ मत ल्याएर जित हासिल गरेभने र गोबिन्द शेरचनले ३३ मत मै चित्त बुझाउनु पर्‍यो।

पोमो फिप्नाका निबर्तमान दोश्रो उपाध्यक्ष हुन् भने शेरचन मुस्ताङ किदुकका सदस्य हुन्।

उता फिप्नाको दोश्रो उपाध्यक्षमा आदित्य महर्जन र कोषाध्यक्ष पदमा टिकाराम गुरुग  निर्विरोध निर्वाचित भएकाछन्। यस अघी महर्जन फिप्नाका महासचिब थिए भने  टिकारम गुरुङ तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका बोर्ड सदस्य हुन्। महर्जन नेवा गुठी न्यू योर्कका अध्यक्ष पनि हुन्।

त्यसैगरी, महासचिवमा तीन प्रतिस्पर्धीबिच सहमती भएपछि किरात याक्थुङ चुम्लुङ अमेरिकाका हालसालै निर्बाचित महासचिब दीपेश लिम्बु फिप्नाको पनि महासचिब चुनिन पुगेकाछन्।

लिम्बुका प्रतिद्वन्दीकोरुपमा ह्योल्मो सोसाइटी अफ अमेरिकाकि कविता शेर्पा ह्योल्मो र तामाङ सोसाइटी अफ अमेरिकाका सदस्य बि.आर. लामाले महासचिब पदकालागि उम्मेद्बारी दिएका थिए। तर निर्वाचन आयोगले सहमतीमा आउन सल्लाह दिएपछि ह्योल्मो र लामाले आ-आफ्नो उम्मेद्बारी फिर्ता लिएको घोषणा गरेका थिए।

निर्वाचन आयुक्त रमेश श्रेष्ठले कविता शेर्पा ह्योल्मोले सचिब पदमा इच्छा जाहेर गरेको र टेक्निकली सचिबमा निर्बाचित हुन नमिलेको हुँदा र सचिब पदमा कसैले पनि उम्मेद्बारी नदिएको हुँदा नब निर्बाचित कार्य समितीले उनलाई सचिब पदमा नियुक्त गर्न अनुरोध गरे।

फिप्नाका बोर्ड सदस्यहरुमा निर्बिरोध निर्बाचित हुनेहरुमा केशवराम राई, अमरबहादुर गुरुग, बेल भुजेल, धर्मेन्द्र गोपाली, कुन्साङ् शेर्पा ह्योल्मो, भोजराज थोकर र टासी शेर्पा ह्योल्मो छन्।


Outgoing President Karma G. Sherpa with Election Committee memebers; Bangshalal Tamang, Indira Rana Magar, Durga Subba and Ramesh Shrestha.

फिप्नाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयुक्त श्रेष्ठले नब निर्बाचित अध्यक्ष शिवकुमार राइलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो।

त्यसपछि अध्यक्ष राइले नयाँ कार्य समितीका पदाधिकारी र सदस्यहरुलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। Read more>>

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?