Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी-जनजाति महासंघ हङ्गकङ्गद्वारा नेपाल सरकारसंग ५ बु्ँदे माग PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 20 April 2011 17:29

काठमाडौँ- नेपाल आदिवासी-जनजाति महासंघ हङ्गकङ्गले निर्धारित मितिमै नयाँ संविधान जारी गराउनु पर्नेलगायतका ५ बु्ँदे माग राखेर प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएको छ ।

जनजाति महासंघ हङ्गकङ्गका अध्यक्ष एमबी थापा दर्लामी मगरको नेतृत्व गएको प्रतिनिधि मण्डलले उत्त ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री खनाललाई बुझाएको ज्ञापनपत्रकोबारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने तथा संविधान निर्माण गर्दा अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि आइएलओ १६९ ले प्रत्याभुति गरेको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

जनजाति महासंघका हङ्गकङ्गका महासचिव निमा दोर्ची शेर्पाले आगामी जनगणना २०११ मा आदिवासी जनजातिको सही तथ्यांक ल्याउन राज्यले पहल गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा तोकिएको समयमा संविधान निर्माण हुनुपर्ने, अब बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार अनिवार्य रुपमा समेटिनु पर्ने र गैरआवासीय नेपालीको परिचयपत्र अपुरो भएकाले विदेशमा बस्ने नेपालीकालागि दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

यसैगरी आदिवासी जनजातिहरुको सघन उपस्थिति रहेको हङ्गकङ्गमा महावाणिज्यदुत जनजाति समुदायकै गर्नुपर्ने र सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने उल्लेख छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?