Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जनजातिहरुको चक्काजाममा पूर्व प्रहरी प्रमुख गुरुङसहित हजार बेशी गिरफ्तार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung & Ngwang Sonam Sherpa   
Sunday, 15 August 2010 09:56

Updated: काठमाण्डौ- समयमै संविधान लेख्न र आफ्ना अधिकार संविधानमा ग्यारेन्टी गर्न माग गर्दै आदिवासी जनजातिहरुले गरेको चक्काजाममा देश भर हजारभन्दा बेशी जनजाति नेता, कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।


संविधान लेखनको मुख्य दायीत्व छोडेर सत्ताको खेलमा लागेका दलहरुलाई दवाब दिन समयभित्रै संविधान लेखिनु पर्ने, संविधानको माध्यमबाट राज्यको पुनसंरचना गरिनु पर्ने लगायतका माग राख्दै महासंघले देशभर नाकाबन्दी र चक्काजामको आयोजना गरेको हो । दलिय स्वार्थले राष्ट्रिय सहमतिको सरकार नबनिनु तथा थप गरिएको समयसिमा भित्र संविधान बनाउन ढिलाई गरिएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन बन्दको आयोजना गरिएको महासंघले विज्ञप्ति मार्फ जानकारी गराएको छ । महासंघले आदिवासी जनजातिको पहिचान सुनिश्चित भएको संविधान लेखिनु पर्ने र धर्म निरपेक्षतासंग बाझिएका कानुन खारेज गर्नु पर्ने लगायतका माग पनि अघि सारेको छ ।

देशब्यापी चक्काजामकेा प्रभाव देशभरी नै देखियो । मुलुकका मुख्य व्यपारीक केन्द्र बन्द भए । आन्दोलनकारीले उद्योग कलकारखाना बजार र शिक्षण संस्था पनि बन्द गराए । आइतबार मुलुकका मुख्य राजमार्ग सुनसान थिए । निजी राजधानी उपत्यका लगायत विभिन्न शहरहरुमा गाडीहरु भने फाट्टफुट्ट मात्रै चलेका थिए । राजधानीका सडकमा देखिएका यातायातमा मोटरसाइकलको संख्या बाक्लो थियो । आन्दोलनकारीले राजधानीका उद्योग कलकारखाना बजार र शिक्षणसंस्था बन्द गराए ।

बन्दका कारण धनकुटा, झापा, चितवन, पोखरा, धनघडी लगायत सबै क्षत्रमा प्रभावित पारेको थियो । दमकल, कुटनीतिक नियोगका गाडी, तरकारी, दुधका ढुवानी साधन तथा एम्बुलेन्स, प्रेस लगायतका अत्यावश्यक साधन भने चलेका छन् । चक्काजामको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले नयाँ बानेश्वरमा आइतबार बिहान सातवटा ट्याक्सी तोडफोड गरेका छन् । राजधानीकै चावहिल क्षेत्रमा एउटा मालबाहक ट्रक र ट्याक्सीमा पनि बिहानै तोडफोड भएको छ । काटेश्वरमा बा १ ज ५६१७ नम्बरको ट्याक्सीमा आन्दोलनकारीहरुले ढुंगामुढा गरे ।

प्रदर्शनका क्रममा महासंघका उपाध्यक्षहरु नोर्वु घले, इन्दिरा जिमी याक्खा, महासचिव आङकाजी शेर्पा, सविच कुमार ल्बोन, कोषाध्यक्ष डण्डु शेर्पा लगायत पक्राउ परेका छन्। यस्तै महिला महासंघकी अध्यक्ष चन्द्रकला गुरुङ, विद्यार्थी महासंघका अध्यक्ष नविन लिम्बु, उपाध्यक्ष रोहीत गुरुङ, तामाङ घेदुङका अध्यक्ष धनबहादुर तामाङ, गुरुङ राष्टिय परिषदका महासचिव रेशम गुरुङ, नेपाल शेर्पा संघका प्रथम उपाध्यक्ष ल्हक्पा ठिन्ले शेर्पा, शेर्पा सेवा केन्द्रका फुरिता शेर्पा, सभासद गोबिन्द चेपाङ लगायत सयौं आदिवासी जनजाति नेता, कार्यकर्ताहरु राजधानीको विभिन्न स्थानबाट बिहानै पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सातदोबाटोबाट किराँत राई यायोक्खाका अध्यक्ष चतुर्भक्ता राई, उपाध्यक्ष दुर्ग राई, सचिव दिवश राइ, केन्द्रीय सदस्यहरु जयन्ती राई, भोगीराज राई, देवीभक्त राई पक्राउ परेका छन्। यस्तै सुमन राई,  जनक राई, धिरेन्द्र रुम्जाली, खिलाराज राई भद्रगोल किराँती, कपील राई, सन्तोष राई, पुरन राई, रविन राई, ध्रुव कुमार राई सन्तोष राई सात दोबाटोबाट पक्राउ परेका छन्।

यसैगरी कलंकीबाट पक्राउ पर्नेहरुमा नेपाल मगर संघका महासचिव गंगा थापा मगर, नेपाल मंगर संघ काठमाण्डौका अध्यक्ष नरबहादुर राना मगर, नेपाल मगर विद्यार्थी संधक अध्यक्ष माधव दर्लामी मगर, आदिबासी जनजाति युवा महासंघका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र थापा मगर, ज्ञानेन्द्र पुन मगर, शिवचन्द्र मण्डल, शुक्र मण्डल, महेन्द्र थापा मगर, विष्णु रेग्मीमगर, नरबहादुर मगर , माधाव दर्लामी मगर, नरेन्द्र थापा मगर, होमराज खपाङ्गी मगर, हरि पाटामगर, सुस्मिता थापा, गणेश थापा मगर, प्रेम बहादुर रेश्मी मगर लगायत पक्राउ परेका छन्।  

यसैगरी बालाजुबाट पक्राउ पर्नेहरुमा विजय लोप्चन, पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, विशाल तामाङ, के बी गुरुङ, नन्दराज गुरुङ, मनकुमारी गुरुङ, भगवती गुरुङ, दिलिप सिंह गुरुङ, गंगाबहादुर  गुरुङ, फुरसिंह गुरुङ, मनलाल गुरुङ, जनु थकाली, जगत बराम, राहीत गुरुङ, राम गुरुङ, बाधराज गुरुङ, गजेन्द्र छन्त्याल लगायत पक्राउ परेका छन्।  

यसैगरी महाराजगन्ज चक्रपथबाट सर्वधन राई, सुभाष राई, मुगाशेर राई, राजकुमार बुढामगर, राजेन्द्र थापा लगायत पक्राउ परेका छन् भने् बौद्धबाट भुजुङ योल्मो, पेमादोर्जे ह्याल्मो, दावा साङबो ह्योल्मो, कृष्ण श्रेष्ठ, दिलिप लामा, अनिष लामा, लाक्पा शेर्पा, वाङछु शेर्पा नोर्साङ शेर्पा कुरुङ ह्याल्मो, साकी शेर्पा, फुरीता शेर्पा, कर्म शेर्पा , लवाङ घ्याम्छो् तामाङ र आङ दोर्जे शेर्पा पक्राउ परेका छन्।

यस्तै नयाँ बानेश्वरबाट हुरीलाल चौधरी र अवधेश राना थारुलाई पक्राउ गरेको छ भने महासचिव आङ काजी शेर्पा किसानकाअनुसार देशब्यापी रुपमा १४०० को हाराहारिमा नेता, कार्यकर्ता गिरफ्तार परेको जानकारी दिनु भयो ।

प्रहरीले प्रदर्शनको क्रममा राजधानीको बौद्धबाट जनजाति महासंघका महासचिव आङकाजी शेर्पालाई नियन्त्रणमा लिएको छ । सातदोवाटोबाट उपाध्यक्ष इन्दिरा जिमी याक्खासहित २५ जना, बालाजुबाट सचिव कुमार ब्लोनसहित २७ जना, नयाँबानेश्वरबाट जनजाति विद्यार्थी महासंघका अध्यक्ष नविन लिम्वूसहित १७ जना पक्राउ परेका छन् ।

यस्तै, मीनभवनबाट आदिवासी जनजाती महासंघका कार्यकर्ताहरु हुरीलाल चौधरी, अवधेश राना थारु पक्राउ परेका छन् । कोटेश्वर चोकबाट प्रहरीले व्यानर र झण्डासहित चारजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै तमू हेयूला छोंज धि राष्ट्रिय परिषद्का महासचिव रेशम गुरुङ्ग र उपाध्यक्ष केबी गुरुङ नयां बसपार्कबाट पक्राउ परे ।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्ष हेमबाहदुर गुरुङ पनि अन्दोलनमा देखिए । बालाजुमा आन्दोलनको नेतृत्व सम्हालेका गुरुङ्गलाई गिरफतार गर्ने वा नगर्ने भन्नेबारे सुरक्षा अधिकारीहरुको टाउको दुखाईको विषय बन्यो । अन्ततग्वत्वा पूर्व महानिरिक्ष गुरुङलाई ससम्मान गिरफतार गर्यो ।

काठमाडौं उपत्यकामा दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ परेको महासंघले जनाएको छ । त्यस्तै देशभरबाट करिब एक हजारको संख्यामा नेता तथा कार्यकर्ताहरु पक्राउ परेको दावी महासंघको छ । महासंघले आइतवार बेलकी ५ बजेपछि मात्रै बन्द खुल्ला गर्यो ।

शन्तिपूर्ण कार्यक्रम एक महिनादेखी प्रचारित गरिए पनि राज्यले आदिबासी जनजतिलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यबहार गर्दै बिहान ५:३० बजे देखी नै ब्यापक रुपमा कडा निगरानीका साथ धडपकड गरिएको थियो भने दुईभन्दा बढी आदिबासी चेहेराका देख्ना साथ पक्राउ गरिएको थियो । गिरफ्तारीको क्रममा कोषाध्यक्ष ड्ण्दु डोक्प्या लगायत अन्य आन्दोलनकारीलाई प्रहरी प्रशासनले अभद्र व्यबहार गरेका थिए । बौध, गौशाला, नया बानेश्वर, कोटेश्वर लगायतका स्थानमा आन्दोलनकारीको स्थिती जानकारी लिन मानब अधिकारबादीहरु पुगेका थिए ।

आदिवासी जनजाति महासंघको शान्तिपूर्ण आन्दोलन दवाउन सरकारबाट भएको यो बर्बरतापूर्ण रबैयाको महासंघले घोर भत्सर्ना गरेको छ । शान्तिपूर्ण आन्दोनलमा उत्रेका आदिवासी जनजातिहरुलाई उत्तेजित बनाएर परिस्थितिलाई जटिलता बनाउन खोज्ने यसप्रकारको हरकतको निन्दा गर्दै पक्राउ परेका सबैलाई तत्काल बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

-Anand Gurung & Ngwang Sonam Sherpa in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?