Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजाति हक र अधिकारकालागि न्यूनतम समझदारी कायम गरेर एउटै आवाज बनाउनुपर्नेमा जोड PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 03 December 2010 21:54

काठमाडौं- संविधान सभाका आदिवासी जनजाति सभासद्हरुले फरक-फरक विचार भए पनि आफ्नो हक र अधिकारका लागि न्यूनतम समझदारी कायम गरेर एउटै आवाज बनाउनुपर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजाति सभासद्सभा ककस कार्यालयको मंसिर १७ गते यहाँ आयोजित उद्घाटन समारोहमा उनीहरुले संविधानलेखनका लागि आफूहरुले निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

समारोहमा त्यसरी धारणा व्यक्त गर्नेमा ककसका पूर्वअध्यक्षद्वय वर्षमान पुन र इन्द्रबहादुर गुरुङ तथा अध्यक्ष पृथ्वी सुब्बा गुरुङले समुदायगत अधिकारका लागि  संगठित हुनुपर्ने धारणा राखे ।

संविधानसभामा २१९ सभासद छन् । ककस गठन हुनुलाई सकारात्मक रुपमा लिए पनि सभासदहरुले दलीय घेरा तोड्न भने सकेका छ्र्रैनन् । ११ पुस २०६६ मा संवैधानिक सभामा भएको मतदान राष्ट्रिय जनमुक्ति पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय माच र नेपा राष्ट्रिय पार्टीका सभासद वाहेक बाँकी सबै आदिवासी जनजाति सभासदले संविधानमा आदिवासी जनजाति आन्दोलन लेख्नु हँुदैन भन्नेमा मत दिएका थिए । जबकी १०० भन्दा कम सभासद भएर पनि मधेश केन्द्रित पार्टीका सभासदहरु संविधानमा मधेश आन्दोलन लेखाउन सफल भएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?