Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जनजाति, दलित र अल्प संख्यकहरुको आवाज उठाउन नपाएपछि ४ तलामाथिबाट कुर्ची फ्याकियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 08 April 2011 10:58

काठमाडौं- आदिवासी जनजाति, दलित, मुस्लिम र महिलाको विषयमा आवाज उठाउन नपाएको भन्दै संवैधानिक समितिका केहि सदस्यहरुले समितिको वैठक अवरोध गरेका छन् ।

चैत २५ गते बोलाइएको वैठक दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, नेवाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर, सङ्घीय लोकतान्त्रिक मन्चकी रुक्मणी चौधरी र स्वतन्त्र सांसद सदरुल मिया हकले बैठक सुरु हुनासाथ आफ्ना मागहरु पूरा गर्नुपर्ने आवाज उठाएका थिए ।

ठूला दलहरु एक जाति, एक भाषा र एक धर्मको पक्षमा लागेर बहुसंख्यक नेपालीको विपक्षमा लागेपछि वैठक अवरुद्ध गर्नुपरेको पासवानको दाबी छ । दलित, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने मागहरु सम्बोधन नगरिएको भन्दै समितिका केही सदस्यले अवरोध गरेपछि बैठक यही चैत २९ गतेसम्मकालागि स्थगित गरिएको हो ।

समितिका सभापति नीलाम्बर आचार्यले विवाद समाधानकालागि विभिन्न विषयमा छलफल गर्न केही दिनकालागि बैठक स्थगित गरिएको जानकारी दिए । आजको बैठकमा संविधान सभा अन्तर्गत राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम थियो । आफ्नो कुरा सुनुवाई नभएपछि चैत १८ गते सभासद पासवानले चार तलामाथिबाट कुर्ची फ्याँकि दिएका थिए ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?