Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजातिको विषयमा लेख्न उनीहरुकै समुदायका संचारकर्मीको संख्या बढाउनु पर्नेमा जोड PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Monday, 09 August 2010 14:11

काठमाडौं- आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले  १२ औं स्थापना दिवसको अवसरमा राजधानीमा प्रभातफेरी र जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।



साउन २३ गते विहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी शहीद गेट, सुन्धारा, रत्नपार्क हुदै पुनः भृकुटीमण्डपमै पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा गैर आदिवासी जनजाति संचारकर्मी, आदिवासी जनजाति महासंघका नेताहरु र संविधान सभाका सभासदहरुकोसमेत उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले आदिावासी जनजाति संचारकर्मीहरु अझै पनि उल्लेख्य मात्रामा संचार माध्यममा सहभागी हुन नसकेको तथा उनीहरु निर्णायक तहमा पुग्न नसकेको बताएका थिए ।

कार्यक्रममा अनिजका अध्यक्ष मोहनसिँह लामा, महासचिव डन्ड गुरुङ्ग, मगर आमसंचारकर्मी समाजका महासचिव मनोज घर्ती मगर, किरात राई पत्रकार संघका अध्यक्ष पदम राई, गुरुङ्ग पत्रकार संघका अध्यक्ष गणेशमान गुरुङ्ग, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्य, सचिव रामजी दाहाल र क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य मनऋषी धितालले आदिवासी जनजातिको विषयमा लेख्न उनीहरुकै समुदायका संचारकर्मीको संख्या बढाउनु पर्नेमा जोड दिएका थिए ।

यसैगरी, कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, महासंघका पूर्वअध्यक्ष तथा सभासद पासाङ्ग शेर्पा, सभासद सिता गुरुङ्ग, आदिवासी जनजाति महिला महासंघकी उपाध्यक्ष चन्द्रकला राई थिए । अनिजले आदिवासी जनजातिको राजनीतिक अधिकारको बारेमा कलम चलाउनु पर्ने उनीहरुको आग्रह थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?