Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजातिहरुको सरकारले पुन: सुचिकरण गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Khagendra Makhim   
Monday, 20 April 2009 10:44
काठमाण्डौं, नेपाल सरकारले यसअघि पहिचान गरेको ५९ आदिवासी जनजाति सुचिमा सबैलाई नसमेटिएको माग आएपछि सरकारले पुन: सुचिकरण गर्ने काम आईतबारदेखि सुरु भएको छ।

असी भन्दा धेरै जातिहरुले सुचिकृत गर्न माग गरेपछि गठित आदिवासी जनजाति सूचि परिमार्जन उच्चस्तरीय कार्यदलले आईतबारदेखि सुचिकरणको काम सुरु गरेको हो ।

स्थानीय विकास मन्त्रालयमा आईतबार बिहान बसेको कार्यदलको पहिलो बैठकले सुचिकरणका लागि आवेदन दिन सार्वजनिक आहृवान गर्ने निर्णय गर्दै काम थालेको छ ।

कार्यदलका अध्यक्ष डा. ओम गुरुङ्का अनुसार सुचिकरणका लागि जातिको नाम संकलन गर्ने काम पहिलो चरणमा हुनेछ । त्यसपछि दोस्रो चरणमा वैज्ञानिक आधार तय गरेर संकलित जातिहरुको क्षेत्रगत अध्ययन गरिने छ ।

तेस्रो चरणमा विभिन्न आदिवासी जनजाति संघसंस्थासंग छलफल गर्ने कार्यक्रम रहेको गुरुङ्ले बताउनुभयो । त्यसपछि आवश्यक छलफल तथा संवाद मार्फत सुचिकरण तय गरिने उहाले जानकारी दिनुभयो ।

नेपाल सरकारले यसअघि ५९ आदिवासी जनजातिलाई सुचिकृत गरिसकेको छ । तर त्यस्मा नसमेटिएको भन्दै केहि आदिवासी जनजाति समुदायले सुचिकरणको माग गर्दै आएका थिए ।

-Khagendra Makhim in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?