Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ज्यापु दिवस पुष ६ गते मनाइने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 17 December 2010 16:15

काठमाडौं- राजधानी काठमाडौ उपत्यकाका आदिवासी नेवारी समुदायको ज्यापु समुदायले आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले २०६१ सालदेखि मनाउन थालिएको ज्यापु दिवस यस वर्ष पुष ६ गते मनाइने भएको छ ।



ज्यापु संस्कृति विकास कोषको आयोजनामा विभिन्न कार्यक्रम गरी सो दिवस लागिएको हो ।

२०५८ सालमा स्थापित कोषले २०६१ सालदेखि प्रत्येक वर्षको योमरी पुन्हिको दिन ज्यापु दिवस मनाउन थालेको थियो । दिवस मनाउन येतखा ज्यापु गुठी यातखा टोलको संयोजकत्वमा सातौं ज्यापु दिवस समारोह समिति गठन भएको छ । योमरी पुन्हिको दिन ज्यापु समुदायले आफ्नो परम्परागत भेषभुषा बाजगाजासहित र्याली निकालेर नगरपरिक्रमसहित बसन्तपुरमा बृहद समारोहमा परिणत हुने छ ।

काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख अथितिमा हुने बृहद समारोहमा ज्यापु बाल प्रतिभा पुरस्कार, ज्यापु प्रतिभा पुरस्कार, ज्यापु सेवा पदक, ज्यापु रत्न, ज्यापु विशेष सम्मान, ज्यापु प्रज्ञा पदक लगायतका पुरस्कार पनि वितरण गरिने छ । त्यसैगरी, पुष ३ गते विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम पनि तय भएको कोषले जनाएको छ ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?