Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

किरात धर्म अन्तराष्ट्रिय महासम्मेलनको अन्तिम तयारी पुरा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Saturday, 02 April 2011 16:18

काठमाडौं- 'किरात धर्मको सार, विश्व शान्ति र मानव एकता, दोस्रो अन्तराष्ट्रिय महासम्मेलनको प्रतिबद्धता' भन्ने मुल नाराकासाथ किरात धर्म अन्तराष्ट्रिय महासम्मेलन चैत २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।



महासम्मेलन मूल आयोजक समितिद्वांरा चैत १९ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासम्मेलनसम्बन्धी ९९ प्रतिशत तयारी सम्पन्न भईसकेको जानकारी गराइएको छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको ६३ औं स्मृति दिवसको अवसर पारेर आयोजना गर्न लागिएको महासम्मेलनमा १८ देशका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् ।

मुल आयोजक समितिका अध्यक्ष डकेन्द्रसिँह थेगिम लिम्बुले दिएको जानकारीअनुसार चैत २१ गते मोटरसाईकल र्याली र धार्मिक पोशाक, गान, भजन र संगीतका साथ नगरपरिक्रममा गर्ने कार्यक्रम रहेको छ । उक्त दिन खुल्लामचमा आयोजना हुने धार्मिकसभालाई संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, चैत २२ गते राष्ट्रपति डा. रामवरण यादवबाट खुल्लामन्चमा महासम्मेलनको उदघाटन गरिने आयोजकले जानकारी दिएको छ ।

चैत २३ गते नेपाल प्रज्ञा भवन कमलादीमा १८ देशबाट सहभागी १५०० प्रतिनिधि र ५०० पर्यक्षेक सम्मिलित बन्दसत्र कार्यक्रम हुनेछ । बन्दसत्रमा महासचिव डिल्लीप्रकाश साम्पाङ्गले महासम्मेलन प्रतिवेदन, चन्द्रकुमार शेर्मा लिम्बुले किरात धर्म दर्शन र मुहिङ्गुम अङसीमाङहरु, भारतीय नेपाली महाकवि मोहन दुःखुन राईबाट १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको धार्मिक देन, नोवेलकिशोर राईबाट विश्व शान्ति र मानव एकताको लागि किरात धर्म तथा डा सुभद्रा सुब्बा दाहालबाट किरात धर्ममा नारीको स्थान र समाज सुधारका साश्वत पक्षको विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?