Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

किराँत राईहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 10 April 2011 14:54

काठमाडौं- किराँत राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । चैत २७ गते शुरु भएको सम्मेलनको प्रधानमन्त्री झलनाथ खनालले उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै उनले मुलुकका सबै जातजाति, धर्म समुदायलाई राज्यले समान अधिकार प्रदान गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री खनालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा किराँत समुदायका जायज माग र चाहनालाई सरकारले सम्बोधन गर्ने बताए । नेपालमा राज्य व्यवस्थाको थालनी किराँत एलम्बरबाट भएको चर्चा गर्दै ऐतिहासिक महत्व बोकेको यस जातिको सम्मेलनले नेपाली समाजको विविधतालाई अध्ययन गरी साम्प्रदायिक सद्भावकासाथ नयाँ नेपाल निर्माण गर्न महत्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री खनालले किराँत राई समुदायको धर्म, संस्कृतिमा आधारित डकुमेन्ट्री र स्मारिका विमोचन गरेका थिए । दुई दिनसम्म सन्चालन हुने सम्मेलनमा नेपाल, भारत, बेलायत, अमेरिका, कोरिया, हङकङ, अष्ट्रेलिया, दुबइलगायत ११ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

किरात राई यायोक्खाका अध्यक्ष चतुरभक्त राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा यायोक्खाका सल्लाहकार सुमाया राई, बेलायतका प्रतिनिधि रामधन राई, सिक्किमका डा. एसके राइ, हङ्कङ किशन राई, दार्जिलिङका लक्ष्मी राईलगायतले आआफना धारणा राखेका थिए ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?