Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी वेबसाइट शुभाराम्भ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Sunday, 03 April 2011 18:34

काठमाडौं- किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी गतिविधि र लेखरचना समेटिएको किरात रिलिजन डट् कम (www.kiratreligion.com) वेबसाइट २०६७ चैत्र २० मा काठमाडौंबाट शुभाराम्भ गरिएको छ ।

विवश हेल्लोकको डिजाइन, मेन्निसाम याप्मीको सम्पादन, शान्ता लोहोरुङको प्रकाशन, सेसेहाङ फियाकको व्यवस्थापन र सेमिमा तुम्बाहाङफेको रिपोर्टिङमा शुभाराम्भ गरिएको यस वेबसाइटलाई २०६७ चैत्र १५ बाटै लगअन गर्न सकिएको थियो ।

यस वेबसाइटमा गृह, इतिहास, धर्म, दर्शन, मुन्धुम, संस्कृति, संस्कार, कला र साहित्यलगायतका संयोजन पृष्ठहरू रहेका छन् ।

उक्त साइटको सम्पादकीय पृष्ठमा जनाइएअनुसार सो वेबसाइट 'किरात धर्ममा अर्को पाइला' भएको भनिएको छ । स्वतन्त्र हिसाबले किरात धर्म, दर्शन, मुन्धुम, संस्कार, संस्कृति, इतिहास, साहित्य, भाषा-लिपि, साहित्य र कला आदिबारे जानकारी गराउन सञ्चालन गरिएको भनिएको उक्त वेसाइटका प्रायः सबैजसो लिङ्कहरु हेर्न सकिनेछ ।

वेबसाइटको सम्पादकीय पृष्ठमा सो वेबसाइटलाई अझ संस्थागत र स्तरीय बनाउन सबै पाठकबाट सल्लाह-सुझाव र साथ-सहयोगको अपेक्षासमेत गरिएको जनाइएको छ ।

-DB Angbung Limbu in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?