Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
भक्तपुरका कुमाल समुदायद्वारा माटोको भाँडा बनाउने प्रविधिमा परिवर्तन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 13 June 2010 14:10

काठमाडौं- वर्षौंदेखि माटोका भाँडा बनाउँदै आएका भक्तपुरका कुमाल समुदायले माटोको भाँडा बनाउने प्रविधिमा परिवर्तन गरेका छन् ।

गोलो काठको चक्कालाई बल प्रयोग गरी लट्ठीले घुमाउँदै माटोको भाँडा बनाउने ९५ प्रतिशत कुमालेले यो प्रविधि छोडी विद्युत्को स्वीच अन गर्ने बित्तिकै फनन घुम्ने आधुनिक प्रविधिको विद्युतीय चक्रको प्रयोग गरी भाँडा बनाउन थालेका छन् ।

भक्तपुर नगरपालिका र थिमी नगरपालिकामा रहेका करिब दुई सय परिवार कुमालेले काठ र टायरको चक्र चलाउँदा निकै मेहनत पर्ने तर विद्युतीय चक्रले काममा सजिलो भएको राष्ट्रिय प्रजापति समाजका अध्यक्ष गणेशराम प्रजापतिले बताए ।

यसको प्रयोगले सानो ठाउँमा कम मेहनतमै धेरै काम गर्न सकिने र कम समयमा धेरै भाँडा बनाउन सकिने भएपछि अधिकांश कुमाले यसतर्फ आकर्षित भएका हुन् । माटोको फिल्टर, दही जमाउने कतारो, कप र गमलाको माग उच्च रहेको छ । तर विद्युत्को अभावका कारण व्यवसाय सचालनमा समस्या आएको उनीहरुले बताएका छन् ।

अर्को तिर प्लास्टीकका भाँडाले पनि माटोबाट बनेका भाँडालाई विस्थापित गर्न थालेको छ जसका कारण यस परम्परागत पेशामा असर पारेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama