NEWS: बिबिसी नेपाली सेवा ::

Inside

कुमालहरुले आफु ठगिएको बल्ल चाल पाए PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Kaman Dewan   
Saturday, 22 May 2010 08:51

दमक, झापा- अशिक्षा र अज्ञानताका कारण आफूहरुले पटक-पटक भूस्वामित्व गुमाएको ठहर गर्दै अब उप्रान्त समुदायमा छलफल गरेर मात्रै जग्गा बेच्ने खुदुनाबारीका कुमाल समुदायले निर्णय गरेका छन् ।

Kumal community members at ILO sponsored programme. Photo: Kaman

आईएलओ नेपाल कार्यलयको सहयोग तथा महिला विकास मच काठमाण्डौको आयोजनामा सम्पन्न भएको तीन दिने तालिमपछि उनीहरुले यस्तो निर्णय गरेका हुन् । तालिम मंगलबारदेखि विहिबारसम्म चलेको थियो ।

कुमाल समुदायमा लक्षित गरी तीन दिनसम्म आयोजना गरिएको सहभागितामूलक घटना अध्ययन सम्बन्धी तालिममा सहभागी भएका स्थानीय ७५ घरपरिवारका कुमालहरुले आफूहरु अशिक्षा र अज्ञानताका कारण ठगिएको बताएका छन् । आर्थिक विपन्नताका कारण पनि अन्यत्रबाट बसाई सरी आएका समुदायले आफूहरुलाई बिभिन्न प्रलोभनमा पारेर जग्गा जमिन खोसेको ठहर उनीहरुले गरेका छन् ।

झापा जिल्लाकै इतिहासमा खुदुनाबारी नामाकरण कुमाल जातिको भाषाबाट रहेको जिकिर गर्दै नेपाल कुमाल समाज सुधार संघ खुदुनाबारी इकाईका सचिव जितबहादुर कुमालले यसको भाषिक अर्थ धेरै कोदोबाली उत्पादन हुने बारी भएको स्पष्ट पार्नु भयो । विसं १९९६ को श्रेस्तामा यहाँको ६४ कित्ता जग्गा कुमाल जातिका जमिन्दारहरुको नाममा दर्ता रहेको तर अहिलेको अवस्थामा कुनै पनि कुमालको स्वामित्वमा २ बिगाहाभन्दा धेरै जग्गा नरहेको जानकारी दिनु भयो । कुमाल खुदुनाबारी गाविसका अवकासप्राप्त मुखिया तहका कर्मचारी हुनुहुन्छ ।

शिक्षाको महत्व नबुझेकै कारण जालझेलमा परेर आफ्नै आवादी ठाउँमा कुमालहरु सुकुम्बासी हुन लागेको तितो यथार्त सुनाउदै संघका अध्यक्ष खड्गबहादुर कुमालले बिगतका घटनाहरुबाट पाठ सिक्दै अब जग्गा जमिन बेच्दा अनिवार्य समुदायमा छलफल गरिने बताउनु भयो । 'हाम्रा पुर्खाले आवादी गरेको भूमि हामीले गुमाएका छौँ, यसको क्षतिपूर्ति हामीलाई राज्यले शैक्षिक, आर्थिक र अन्य आयमूलक कार्यक्रमहरुमा प्राथमिकता दिएर तिर्नु पर्छ' उहाँको माग थियो । हाल खुदुनाबारी गाविसको ५, ६, ४, ३ र ९ नं वडामा करिव ७५ घर कुमाल बसोबास गर्छन् भने केही कुमालहरु भूस्वामित्व गुमाएका कारण अन्यत्र बसाई हिँडेको संघले जनाएको छ ।

कतिपय घटनाहरुको यकिन मिति थाहा नभएको र दसी प्रमाणहरुसमेत खोसिएकोले न्यायीक उपचार खोज्न आफूहरु असमर्थ रहेको तालिमकी सहभागी सुजु कुमालले बताउनु भयो । 'बाबा आमाले भनेको सुन्दा एउटा समोसा र एक जोर दौरा सुरुवाल खाए र लगाएकै भरमा जग्गा गुमेका कथाहरु धेरै छन् तर हामीसँग मुद्दा लाउन सक्ने आधारहरु छैनन् । आर्थिक स्थिति पनि अहिले खाएर भरै के खाउँको अवस्था छ । जे होस् तीन दिने तालिमले हामीलाई चेतना थपिएको छ' सुजुको बुझाई थियो । खुदुनाबारी ६ की सुजु हाल शनिश्चरे बहुमुखी क्याम्पसमा विएड प्रथम वर्षकी छात्रा हुनुहुन्छ ।

घटना अध्ययन सम्बन्धी तीन दिने तालिम समापनसँगै समुदायको आर्थिक, शैक्षिक, भाषिक, सास्कृतिक, राजनीतिक र जानसांखिक अवस्था पत्ता लगाउन एक हप्ते नमूना सवेक्षण थालिएको कार्यक्रमका सहजकर्ता कमन देवानले जनकारी दिए ।

उनका अनुसार कुमाल समुदायका सम्बन्धमा सम्पूर्ण विवरण प्राप्त गरी प्रतिवेदन तयार गरिने छ । सो सर्वेक्षणमा समुदायका ८ जना कुमाल यूवाहरुलाई खटाइएको संघले बतायो । कुमाल जातिमा घटेका घटनाहरुका सम्बन्धमा प्रतिवेदन तयार गरी आईएलओ कार्यालय नेपालमा बुझाउन अघि जिल्ला स्तरमा आदिवासी जन्य संघसंस्थाका अगुवाहरुमाझ छलफल गराइने देवानले जानकारी दिए ।

-Kaman Dewan in Jhapa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?