Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"तिगि गेवन अगाजकाई चि मात्र मेखा" (हाम्रो भाषा बोल्ने म मात्र छु)- ज्ञानी कुसुण्डा, ७३ वर्ष PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Devika GM   
Friday, 04 February 2011 10:10

बन राजाहरुको दुर्दशा जोगाउने प्रयास
Special 3 photos:
दाङ- ज्ञानी कुसुण्डा ७३ वर्ष पहिले 'पुर्व' को एक जंगलमा जन्मनुभएको थियो । उनलाई आफु मात्र आफ्नो जातिको भाषा बोल्ने बाँकी रहेकोमा चिन्ता छ। सुन्ने हैन उनको कुरा?


 

Gyani Kusunda, 73, is the only Kusunda language speaker in Dang. Photos: Devika


जंगलमा बसोवास गर्ने फिरन्ते कुसुण्डा जातिमा जन्मनुभएकि ज्ञानी अहिले निकै बुढी पनि भैसक्नुभएको छ । उनको जिवनमा अनेकन उतारचढावहरु आए । तर उनलाई अब एउटा कुराको मात्र चिन्ता छ । आफु मरेपछि कुसुण्डा जातिको भाषा लोप हुँन्छ कि भन्ने । 'तिगि गेवन अगाजकाई चि मात्र मेखा' (हाम्रो भाषा बोल्ने म मात्र छु), कुसुण्डा जातिको आफ्नो छुट्टै भाषा भएको बताउँदै दाङमा कुसुण्डाको भाषा बोल्ने आफुमात्र एक जना ब्यक्ति भएको बताउँदै उनले आफ्नै भाषामा भन्नूभयो । 'चिई तक्दु ता गेवन अगन काई' (अब म मरे भने यो भाषा कसैले बोल्ने छैनन्), उमेरले निकै पाकिसक्नुभएकि ज्ञानीले भन्नुभयो ।

'चिई तक्दु ता गेवन अगन काई' (हाम्रो भाषा लोप भएको छ), 'चिई एई माई ओक्जि नति गेवन अगन' (बा आमा मरिसके अब यो भाषा कस्ले बोल्छ र !), 'हुँङ्कैद लम्बा अगन नतिब खाई' (पछाडीका पिढिहरुलाई सिकाउने कोई छैन), भाषा लोप भएको भन्दै अब संरक्षणकालागि समस्या भएको आसय ब्यक्त गर्दै ७३ वर्षे ज्ञानिले चिन्ता ब्यक्त गर्नुभयो । बिभिन्न बनहरुमा बसाईसराई गर्ने क्रममा जन्मिएको स्थान पुर्व भन्ने मात्र थाहा भएको ज्ञानि बाबु बलबहादुर कुसुण्डा र आमा गकुली कुसुण्डाको माईली छोरीको रुपमा जन्मनुभएकि ज्ञानीका एक दिदि, एक बहिनी र दुई भाईहरुमा सबैको मृत्यु भैसकेको छ ।

परम्परादेखी नै जंगलमा बस्ने गरेको कुसुण्डा जातिमा जन्मनुभएकी ज्ञानीलाई धेरै समय जंगलमा बस्नुपरेन । उनी १२ वर्षको उमेर भएको समयमा उनको परिवार गाउँको एक जनाको गोठमा बसाई शुरु गरेर सामाजिक रुपमा बसोवास शुरु गर्नुभएको थियो ।

कुसुण्डा जातिको भाषा बोल्ने एक मात्र कुसुण्डा महिला ज्ञानि कुसुण्डा र संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डा । Photos: Devika

नेपाल आदिवासी जनजाति समुदायको बाक्लो जनसंख्या भएको देश हो । तर संख्यात्मक रुपमा धेरै भएका नेपालका कतिपय आदिवासी जनजाति समुदायहरु हक अधिकार तथा मुलधारमा अझैसम्म आउन सकेका छैनन् । त्यसै लोपोन्मुख समुदाय मध्येको एक जाति कुसुण्डा जाति हो । बनराजा भनेर पनि नेपालको आदिवासी जनजाति समुदायमध्ये लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जाति समुदायको उत्थान तथा संरक्षणकोलागी भन्दै संगठित भएको छ । सामाजिक जिवनमा आएको लामो समय बितिसक्दासमेत आर्थिक अवस्था अत्यन्तै दयनिय भएका कुसुण्डा जातिका केही व्यक्तिहरु जातिय अस्तित्व संरक्षण तथा उत्थानकालागि भन्दै संस्थागत रुपमा संगठित भएका हुन् । नेपालमा रहेको ५९ वटा आदिवासी जनजाति मध्ये लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जाति २०५८ सालको जनगणनाअनुसार नेपालमा एक सय ६४ घर परिवार रहेका छन् ।

कुसुण्डा जातिको उत्थानकालागि करिब एक वर्ष पहिले दाङ जिल्लाका कार्यालय रहने गरी नेपाल कुसुण्डा विकास समाजको स्थापना गरिएको छ । देशको बिभिन्न भु-भागमा छरिएर रहेका कुसुण्डा जातिलाई सामाजिक रुपमा समाजमा आवद्व गराएर आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भाषिक विकासकालागि संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डा 'बनराजा' ले बताउनुभयो । आफ्नो छुट्टै भाषा, संस्कृति, परम्परा, रितिरिवाज भएको कुसुण्डा जाति संख्यात्मक हिसाबलेसमेत निकै कम अवस्थामा रहेका छन् । खासगरी दाङ, प्युठान, रोल्पा, सुर्खेत, दैलेख, गोरखा जिल्लामा बसोबास रहेको यस जाति जम्मा १ सय ५१ जना सम्पर्कमा आएको कुसुण्डा विकास समाज दाङले जनाएको छ । यस जातिको उत्थानकालागि सात सदस्यिय कुसुण्डा समाजको गठन गरिएको बताईएको छ।


Nepal Kusunda Bikas Samaj headquarters in Dang. Photos: Devika


बनमा बस्दा कालिज, लुईचे, गोरा, सम्टोक, पुक्सेलगायतका चरचुरुङ्गी पासो तथा धनुषवाणले मारेर खाने, बनमा पाईने तरुल, गिट्ठा, भ्याकुर खनेर खाने कुसुण्डा जाति हालसम्मा पनि बिभिन्न स्थानका ऐलानी जग्गामा बस्दै आएका छन् । उनिहरुको आर्थिक अवस्था अत्यन्त दयनिय अवस्थामा रहेको संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डाले जानकारी दिनुभयो । बिशेष गरेर आर्थिक, शैक्षिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेकाले सरोकारवाला सबैमा सहयोगकालागि आग्रह गरिएको छ । वनराजा भनेर पनि चिनिने यस समुदायको हक हित र अधिकारको पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको कुसुण्डा विकास समाजले अहिले कुसुण्डा जातिहरुकालागि बिभिन्न कार्यक्रमहरु गर्ने तयारि गरेको छ । समाजले जग्गा जमिनको व्यवस्था हुनुपर्ने, लोपोन्मुख जातिको परिचयपत्रको व्यवस्था गरिनुपर्नेलगायतका माग राख्दै आएको छ ।

-Devika GM in Dang

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?