Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेताहरु आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिमलगायतको विषयमा छलफल गर्न तयार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 17 April 2011 21:08

काठमाडौं- दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले चार तलाबाट कुर्ची फ्याँकेपछि ठूला दलका नेताहरु आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिमलगायतको विषयमा छलफल गर्न तयार भएका छन् ।

वैशाख ४ गते बसेको सत्ताइस दलको बैठकमा पासवान र स्वतन्त्र सभासद सदरुल मिया हकलगायतले उठाएको विषय संवैधानिक समितिमा वैधानिक रुपमा कसरी प्रवेश गराउने भन्नेबारेमा सुझावसहितको प्रतिवेदन तयार गर्न पाँच जनालाई जिम्मा दिएको छ । सभासदद्वय पासवान र मिया हकले नयाँ संविधानमा ती समुदायको अधिकार सुनिश्चित नगराएसम्म संवैधानिक समितिको बैठक संचालन गर्न नदिने अडान दोहोर्याएका थिए ।

माओवादी, काँग्रेस र एमालेबाट दलित वा जनजाति भएकै कारण सभासद बनेकाहरुले नै आफ्नो समुदायको मुद्दा छोडेपछि आफूले कुर्ची फ्याँक्नु परेको पासवानको दाबी छ । उनले गत चैत १८ गते संवैधानिक समितिको वैठक चलीरहेकै बेलामा ठूला दलका नेताहरुले तानाशाही लादेको भन्दै कुर्ची फ्याँकेका थिए । प्रतिगामीहरुले पासवानको यो कदमको विरोध गरेपनि जनमत भने उनकै पक्षमा देखिएको थियो ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?