NEWS: बिबिसी नेपाली सेवा ::

Inside

मगर भाषाको संभवत: पहिलो निबन्ध संग्रह 'मीरिक' सार्वजनिक PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Saturday, 10 July 2010 16:39

काठमाडौं- मगर भाषाको संभवत: पहिलो निबन्ध संग्रह 'मीरिक' सार्वजनिक गरिएको छ ।

मगराती भाषा साहित्यका चिरपरिचित लेखक शिवलाल थापा मगरद्वारा लिखित 'मीरिक' असार २५ गते राजधानीमा सार्वजनिक गरिएको हो । निबन्ध संग्रह 'मीरिक' र थापाकै अर्को कृति 'सलिना' उपन्यास नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीले सार्वजनिक गरेका हुन् ।

मगर भाषा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै नेपाल मगर संघ र आदिकवि जीतबहादुर सिँजाली मगर प्रतिष्ठानले नेपाल मगर संघका पूर्व महासचिव समेत रहेका थापा मगरलाई सम्मान गरिसकेको छ । थापा मगरको 'ओझेलमा परेका मगरहरु', 'लुप्च रह' निकै चर्चित छ ।

नेपाल मगर लेखक संघले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा सभासद तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापा मगर, संघका पूर्व अध्यक्ष यमबहादुर बुढाथोकी मगर, नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगर, लेखक संघका कार्यवाहक अध्यक्ष कर्णबहादुर बुढा मगर, संजोग लाफा मगर, हिरासिँ थापा मगर, त्रिलोक थापा मगर लगायतले लेखकलाई शुभकामना दिएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?