Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मगर महिला संघको सुदुर पश्चिमांचल क्षेत्रिय भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 04 January 2011 08:07

काठमाडौँ- नेपाल मगर महिला संघ केन्द्रीय समितिको बार्षिक कार्ययोजनाअनुसार नेपाल मगर महिला संघको सुदुर पश्चिमांचल क्षेत्रिय भेला सम्पन्न भयो ।

नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासु मगरले दिएको जानकारीअनुसार सुदुर पश्चिमाचल क्षेत्रिय भेला कैलाली जिल्लाको धनगढी नगरपालिकाको उधोग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको हो । २ दिने कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष झकबहादुर थापा मगरले गरेका थिए ।

सुदर पश्चिमाचलको डडेलधुरा, कैलाली, कन्चनपरका सहभागिहरु रहेका थिए । सुदर पश्चिमाचल क्षेत्रिय भेलाको दोश्रो दिनमा 'मगर महिला र राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन प्रतिवद्धता' विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा अधिवक्ता तथा नेपाल मगर महिलाको कानुनी सल्लाहकार ईन्दिरा श्रीसमगर र संघको अध्यक्ष गंगा खासु मगरले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति अधिकार सम्वन्धि संयूक्त राष्ट्र संघिय घोषणापत्र, महिला विरुद्ध हुने विभेद विरुद्धको महासन्धि, नेपालको अन्तरिम संविधान २०६३ र महिला िहंसा सम्वन्धि पक्षहरुका प्रशिक्षण सम्पन्न भयो ।

यसै गरि, सोही प्रशिक्षण लुम्बिनी अंचलमा सम्पन्न भयो । सो प्रशिक्षण कार्यक्रममा रुपन्देही, पाल्पा, स्याङ्जा, गुल्मी, कपिलबस्तु, नवलपरासीका जिल्लाहरु सहभागि भाग लिएको थिए । प्रशिक्षणमा प्रशिक्षार्थीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय कानुन बुझाउनकासाथै र हाल मगर महिलाको कानुन उपचार र बन्ने संविधानमा मगर महिलाले छुट्टाउन नहुने कुरामा पृष्ठपोषण भएको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?