Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

१०० औं अन्तराष्ट्रिय नारी दिवसका अबसरमा मगर महिलाहरुको माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Sunday, 20 March 2011 10:23

काठमाडौं- 'एक्सेस टु एडुकेसन, ट्रेनीङ्ग एण्ड साइन्स, एण्ड टेक्नोलोजी पथ वे टु इक्वालिटी फर वेमेन' भन्ने नारासहित विश्व भरका महिलाहरु १०० औं अन्तराष्ट्रिय नारी दिवसका मनाईरहेकका बेला नेपाल मगर महिला संघ केन्द्रीय समितिले पनि यसमा ऐक्यवद्धता जनाउदै विभिन्न कार्यक्रम गरेको छ ।

मगर महिलाको अधिकार र मुद्दालाई उठान गर्नकालागि विभिन्न कार्यक्रमहरु गरेको हो ।

नेपाली महिला भित्रपनि विभेदका शिकार आदिवासी जनजाति महिलाहरुले तोकिएको समयमै संविधान संविधानमा आदिवासी जनजाति महिलाका पहिचानकासाथै आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारसहित जतिय स्वायत्तता र स्वशासन, पुख्यौली भुमि र प्राकृतिक स्रोत र साधनमा स्वामित्व र नियन्त्रणको अधिकारको १२ बुदे घोषणा पत्र प्रधानमन्त्री झलनाथ खनाललाई बुझायो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, विभिन्न जातिय संस्थाहरुको एक्यवद्धता रहेको थियो ।

यसैगरी, नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा 'समान अवसर समान पहुच र समान निर्णय' को नारासहित १०० औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गरयो । नेपालकै आदिवासि जनजाति महिला मध्ये बढि जनसंख्यामा रहेका मगर महिलाहरु मुद्दाहरु अव बन्ने सम्बिधानमा लिपिवद्ध गराउनकालागि र अन्य उत्पीडनमा रहेको महिलाहरुका पनि सवाललाई बकालत गर्नकालागि अन्तरकि्रया कार्यक्रम सम्पन्न गरियो ।

नयां बन्ने संविधानमा मगर महिलाको पहिचानसहित निति निर्माण तहमा मगर महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, मगर महिलाहरुलाई जातिय जनसँख्या एवम लैगिक आधारमा समानुपातिक प्रतिनिधित्व र नेतृत्वदायी भूमिका सुनिश्चित गर्नु पर्ने, मगर महिलाहरुलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना आफनो मातृभाषाबाट आदान प्रदानको हक सुनिश्चित हुनु पर्ने, मगर महिलाहरुको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, साँस्कृतिक, शैक्षिक, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा विशेष व्यवस्थाको प्रावधान राख्नु पर्ने, मगर महिलाहरुको परम्परागत ज्ञान सीपलाई संरक्षण र सम्बर्धनका राज्यले मौलिक अधिकारमा राखिनु पर्ने, मगर महिलाहरुको परम्परागत तथा प्रतिनिधिमुलक संस्थाको माध्यमबाट छनौट प्रकृया बमोजिम छानिएको प्रतिनिधि रहने व्यवस्था हुनु पर्ने, मगर महिलाहरुको परम्परागत मूल्य र मा्रन्यता र प्रथाजनित कानुनलाई स्थापीत दिनु पर्ने, मगर राज्यको सिमाको सिमाङकन मगर समुदायमा अधिकार रहने जस्ता मगर महिलाका मुद्धाहरुकोबारेमा अन्तरकि्रया गरियो ।

कार्यक्रम नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष गंगा खासुमगरको सभाध्यक्ष, संघका सदस्य मिना थापा मगरको स्वागत मन्तव्य, कुमारी थापामगरको कार्यक्रम संचालन रहेको कार्यक्रममा दलित महिलाबाट मनु खडका, एकल महिलाबाट पुर्णिमा क्षेत्री, मुस्लीम महिलाबाट मिना खातुन, सुकुम्वासी महिलाबाट कल्पना, माईती नेपालका रिता गौतमलगायतका सहभागिहरुले अन्तकि्रयामा भाग लिएका थिए ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?