Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोखरा नगरीलाई मनकुमारी पुन मगरले हाँक्ने भइन् PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Monday, 31 January 2011 19:11

काठमाडौं- नेपाल मगर महिला संघ जिल्ला समिति कास्कीको चौथो अधिवेशनले मनकुमारी पुन मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सरु पुन मगर, सचिव नानु रानामगर, कोषध्यक्षमा गममाया थापामगर र सदस्यहरुमा चन्द्रा थापामगर, दिक्षा पुनमगर, आशा थापामगर, निरु रानामगर, रेशमकला थापामगर, तारामाया पुन मगर, प्रेमकुमारी थापामगर रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर महिला संघ केन्द्रीय समितिको अध्यक्ष गंगा खासुमगरले विशिष्ट पहिचान बोकेका मगर महिलाहरुले पहिचान र स्थान खोज्नु पर्ने धारणा राखिन् । मगर महिलाले आफ्नो राजनीतिक आर्थिक र सामाजिक प्रणाली वा संस्थाहरु कायम राख्ने र तिनको विकास गर्ने जीविकोपार्जन तथा विकासका आफ्नै माध्यमहरुको उपभोगमा सुरक्षित रहने र आफ्ना सम्पूर्ण परम्परागत एवं अन्य आर्थिक कि्रयाकलापहरुमा स्वतन्त्रपूर्वक संलग्नकालागि आफनो हक अधिकारकालागि एक हुनु पर्ने अध्यक्ष खासु मगरको भनाई थियो ।

मगर महिला संघ जिल्ला समितिको अध्यक्ष मनकुमारी पुनमगरको सभाध्यक्ष, सचिव कमला पुन मगरको कार्यक्रम संचालन र उपाध्यक्ष जमुना थापामगरको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका सल्लाहकार ईन्दिरा थापामगर, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि रुद्र श्रीसमगर, आदिवासी जनजाति महिला महासंघ कास्कीका ज्योती भट्टचन, गेसोका उपाध्यक्ष हर्कवहादर पुन मगर, नेपाल मगर संघका उपाध्यक्ष ओम पाईजा मगर लगायतले शुभकामना दिएका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?